Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चितलको सुकुटीसहित तीन जना पक्राउ

सोमबार, साउन १५, २०८०
tribeni2

दाङ । दाङमा प्रहरीले १७ केजी चितलको सुकुटी सहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ६ निवासी ३० वर्षीय मनोज थापामगर, सोही ठाउँ निवासी ३१ वर्षीय करण केसी र लमही नगरपालिका वडा नम्बर ६ निवासी ४५ वर्षीय नुरबहादुर कुमाल रहेका छन् ।

 जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी अनुसार लमहीदेखि घोराहीतर्फ आउँदै गर्दा रा २ प ६१९५ र बा ९१ प ११०७ नम्बरको मोटरसाईकलसहित तीन जना पक्राउ परेका हुन् ।

प्रहरीले घोराहीतर्फ आउँदै गर्दा घोराही उपमहानगरपालिका–३ कुईरेपानीमा रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल पछाडी सवार करण केसीले प्लाष्टिकको जेब्रा झोला बोकेको अवस्थामा चितलको सुकुटी बरामद गरिएको प्रहरी नायव उपरिक्षक गौतमले जानकारी दिनुभयो । 

पक्राउ परेका अभियुक्तहरुलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय घोराहीमा बुझाइएको छ । 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्