Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट ८ लसुनबारीमा पहिरोले दुई परिवार बिस्थापित

सोमबार, साउन १५, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ८ लसुनबारीका दुई घरपरिवार पहिरोका कारण बिस्थापित भएका छन् । 

आईबार राती भएको भारी वर्षाको कारण आएकाे पहिराले गर्दा लसुनबारी टोलका दुई घरपरिवार बिस्थापीत भएको वडा सदस्य हिम कुमार पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय भुपेन्द्र बुढा र अमर पुनको परिवार पहिरोको जोखिमको कारण घर छोडेर गोठमा सहारा लिएर बसिरहेका छन् ।

घर नै जोखिममा भएकोले गोठमा बस्न बाध्य भएको हो । बुढाको परिवारका ६ जना सदस्य र पुनका परिवारका पाँच जना सदस्यहरु गोठमा बसिरहेको उहाँले बताउनुभयो । 

वडा सदस्य पाण्डेले बुढा र पुनको घरको बरण्डा र शौचालय पहिरोले बगाएको बताउनुभयो । त्यसैगरी त्यसक्षेत्रमा लगाईएको अन्नबाली पहिरोले पुरेको छ । पहिरोको कारण बिद्युतको पोल ढलेकोले लसुनबारी टोलमा बिद्युत सेवा अवरुद्ध भएको छ । 

उहाँका अनुसार तीन वर्ष पहिला बनाईएको गर्पाधुरी-लसुनबारी-कुयाकम्दा सडकखण्डबाट बर्षाको भलसँगै आएको पहिरोले क्षति गरेको हो । वडा सदस्य पाण्डेले क्षतिको विवरण संकलन, राहतको व्यवस्था र थप क्षति रोक्नका लागि आवश्यक पहल गर्न स्थानीय सरकारको ध्यानाकर्षण समेत गराउनुभएको छ । 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्