Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जंगली च्याउ खाँदा अस्पताल भर्ना

मंगलबार, साउन १६, २०८०
tribeni2

रुकुम पश्चिम । जंगली च्याउ खाँदा रुकुम पश्चिममा एक जना बिरामी भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर ७ साँखमा जंगलबाट ल्याएको च्याउ खाँदा साँख गाउँका ४७ वर्षिय दामोदर पाण्डे बिरामी हुनुभएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सोमबार बेलुका च्याँउ खाएर बिरामी हुनुभएका पाण्डेलाई सोमबार राती नै जिल्ला अस्पताल सल्लेमा ल्याएर उपचार भईरहेको छ । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य बन्दै गईरहेको बताईएको छ । 

पाण्डेले छिमेकी यज्ञ बहादुर पाण्डेको घरमा गएर पकाएको च्याउ खानुभएको थियो । यज्ञ बहादुर पाण्डेले पनि च्याउ खानुभएको तर उहाँलाई केहि नभएको बताईएको छ ।

 जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले पहिचान नभएको जंगली च्याउ जथाभावि नखान अनुरोध गर्नुभयो । जंगली च्याउ खाँदा बिरामी हुनेहरुको संख्या बिभिन्न जिल्लाहरुमा समेत बढिरहेकोले सचेत रहनपर्ने उहाँको भनाई छ ।  

बिषादियुक्त जंगली च्याउ खाँदा ज्यान समेत जाने जोखिम रहेकोले लापरबाहि नगर्न जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ । 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्