राष्ट्रपतिद्वारा दल विभाजन सम्बन्धी अध्यादेश जारी

काठमाडौ , २०७८ भदौ २

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ ।

हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरण गर जारी गरेको राष्ट्रपतिका स्वकीय सचिव डा.भेषराज अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  १३:०८
प्रतिक्रिया दिनुहोस्