Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ग्यामखोलाकाे जंगलमा सात थान बन्दुक फेला

मंगलबार, साउन १६, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ ग्यामखोलास्थित जंगलमा भरुवा बन्दुक फेला परेका छन् । 

सोमबार बेलुका प्रहरीले उक्त जंगलको बिचमा रहेको ओढारबाट सात थान भरुवा बन्दुक फेला पारेको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठका अनुसार गोप्य सूचनाका आधारमा वेवारिसे अवस्थामा रहेका बन्दुक फेला पारिएको हो । 

फेला पारिएका बन्दुकहरु बरामद गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याईएको प्रहरी निरषिक श्रेष्ठले बताउनुभयो । बन्दुकहरु कसले र किन राखेको हो भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ । 

स्थानीयले सिकार खेल्नको लागि भरुवा बन्दुक प्रयोग गर्ने र ओढारमै लुकाउने गरेको हुनसक्ने आशंका गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्