Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सहिदमार्गको उग्रिबाङ र भुर्तिबाङ खण्ड सुचारु

मंगलबार, साउन १६, २०८०
tribeni2

रुकुम पूर्व । रुकुम पूर्वको भुमे गाउँँपालिका वड नम्वर ७ मा अवरुद्ध रहेको सडकखण्ड सुचारु भएको छ ।

सहिदमार्ग अन्तर्गत पर्ने उग्रिबाङ र भुर्तिबाङ सडक खण्ड बर्षाको कारण आएको पहिरोले गर्दा दुई दिन अघिदेखि बाटो अवरुद्ध भएको थियो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार प्रहरी, स्थानीयवासी र शहिद मार्गका कर्मचारीको सहयोगमा बाटो सुचारु भएको हो । मंगलबार बिहानबाट उक्त सडकखण्ड सुचारु भएको हो । 

बर्षाको कारण आउने पहिरोले यस जिल्लामा पर्ने सहिद मार्ग र मध्यपहाडि राजमार्गमा बेला बेलामा सडक अबरुद्ध हुने गरेको छ । ग्रामिण सडकहरु भने बर्षाको समयमा प्राय बन्द हुने गर्दछन् । 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्