Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सामुदायिक वनद्वारा बिद्यार्थीलाई पोशाक वितरण

सामुदायिक वनद्वारा सामाजिक सेवा
मंगलबार, साउन १६, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको एक सामुदायिक वन उपभोक्ता समितिले बिद्यार्थीहरुलाई बिद्यालय पोशाक उपलब्ध गराएको छ । 

मुसिकोट नगरपालिका १ मा रहेको कैलदेउ सामुदायिक वन उपभोक्ता समितिले स्थानीय दुई वटा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई पोशाक उपलब्ध गराएको हो ।

वन समितिका अध्यक्ष मानसिं बुढाथोकीले स्थानीय लक्ष्मी माध्यमिक बिद्यालय र राजापानी आधारभूत बिद्यालयका १२८ जना बालबालिकाहरुलाई पोशाक वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार लक्ष्मी माविका ९१ जना र राजापुर आविका ३७ जना बिद्यार्थीहरुलाई टिसर्ट, ट्रयाक र सुट उपलब्ध गराईएको हो ।

लक्ष्मी माविमा अध्ययनरत गरिब तथा जेहेन्दार बिद्यार्थी छनौट गरेर पोशाक दिईएको हो भने राजापुर आविका सबै बिद्यार्थीहरुलाई पोशाक उपललब्ध गराईएको हो । अध्यक्ष बुढाथोकीले सामाजिक सेवा कार्य अन्तर्गतको बार्षिक कार्यक्रमबाट एक लाख ४० हजार रुपिँयामा उक्त कार्य गरिएको जानकारी दिनुभयो । 

डिभिजन वन कार्यालय रुकुम पश्चिम अन्तर्गत मुसीकोट सव डिभिजन वन कार्यालयको समन्वयमा बिद्यार्थीहरुलाई पोशाक बितरण गरिएको हो ।

सम्बन्धित बिद्यालयमै पुगेर सामुदायिक वन समितिले उक्त सामाग्रीहरु हस्तान्तरण गरेको वन रक्षक रण बहादुर डाँगीले बताउनुभयो । उहाँका अनुसार सामुदायिक वनको तर्फबाट सामाजिक सेवा गर्ने क्रममा पहिलो पटक बिद्यार्थीहरुलाई पोशाक दिईएको हो । समितिले यस कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत गरेको डाँगीले जनाउनुभयो । 

राजापानी आधारभूत बिद्यालयका प्रधानाध्यापक डण्डबहादुर खड्काले वन समितिबाट सामाजिक सेवाको कार्य हुनु सुखद भएको र झन् बिद्यार्थीलाई पोशाक उपलब्ध गराईनु प्रशंसनिय कार्य भएको बताउनुभयो ।

उहाँले यस कार्यले बिद्यार्थीहरुको बिद्यालयमा उपस्थिति बढ्ने र शैक्षिक वातावरणमा थप सुधार हुने विश्वास व्यक्र गर्नुभयो । कैलदेउ सामुदायिक वन उपभोक्ता समितिले नमूनायोग्य कामको सुरुवात गरेको प्रधानाध्यापक खड्काको भनाई छ । 

364759006_234731326189132_939610880841674239_n1690870834.jpg

 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्