Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बुधबार बिहानै बैरीदहमा भेटिए तीन नाल बन्दुक

बुधबार, साउन १७, २०८०
tribeni2

रुकुम पश्चिम । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले तीन नाल भरुवा बन्दुक बरामद गरेको छ ।

बुधबार बिहान ६ बजे जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर ७ साँखको बैरीदहबाट तीन थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ । 
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठका अनुसार बैरीदहस्थित उनिउको झारीमा तीन थान भरुवा बन्दुक फेला पारिएको हो । 

प्रहरीलाई प्राप्त गोप्य सुचनाको आधारमा प्रहरी निरीक्षक श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलीले बन्दुक बरामद गरेको हो । बरामद भएका तीन नाल भरुवा बन्दुकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान सुरु गरिएको प्रहरी कार्यालयले जनाएको छ । 

गत साउन १५ गते सोमबारका दिन प्रहरीले सोहि वडाको ग्यामखोलास्थित जंगलको ओढारबाट सात नाल भरुवा बन्दुक बरामद गरेको थियो । 

ग्यामखोलाकाे जंगलमा सात थान बन्दुक फेला

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्