Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पहिरोमा ज्यान गुमाएका परिवारलाई दुई-दुई लाख राहत दिईने

बुधबार, साउन १७, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ मा पहिरोमा परेर ज्यान गुमाएका दुईजनाको परिवारलाई राहत दिने निर्णय भएको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले गत साउन १४ गते बाँफिकोट गाउँपालिका वडा नम्वर ७ को पोखरापानी भन्ने स्थानमा घाँस काट्न जाँदा सुख्खा पहिरोमा परेर ज्यान गुमाएका मृतकका नजिकका हकदारलाई राहत दिने निर्णय गरेको हो । पहिरोमा परेर बाँफिकोट ७ निवासी ४२ बर्षिया धनमाया खत्री र सोहि गाउँका ४८ वर्षिय कालिबहादुर खड्काको मृत्यु भएको थियो । 

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले प्रति मृतक दुई लाख रुपिँयाको दरले दुबै परिवारका नजिकका कानूनी हकदारलाई राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो । प्रजिअ पन्तका अनुसार विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड, २०७७ बमोजिम यथासक्य पीडित परिवारलाई उक्त राहत उपलब्ध गराईने छ ।  

आज सम्पन्न बैठकले राहत वितरणका साथै अन्य विभिन्न निर्णय गरेको छ । बैठकले जिल्लामा भएका विपद्का घटना र भएको क्षतिको समिक्षा गर्नुका साथै बर्षाका कारण हुनसक्ने सडक अवरुद्धको अवस्थालाई सम्बन्धित निकायहरुसँग समन्वय गरेर अवरोध हटाउने निर्णय गरेको छ । 

त्यसैगरी विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, २०८० र विपद् व्यवस्थापनका लागि तर्जुमा गरिएको परिचालन योजना, २०८० लाई अनुमोदन गरिएको छ । 

बैठकले आगलागीबाट पीडित भई तत्काल राहत पाएका दुई जना पीडितहरुको राहत विवरण अनुमोदन गरेको छ । आगलागीको घटनाबाट पीडित बाँफिकोट गाउँपालिका वडा नम्वर ६ का जनक बिक र मुसिकोट नगरपालिका वडा नम्वर ११ का कमल दमाईलाई उपलब्ध गराईएको राहत रकम अनुमोदन गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी एवम् बिपद् व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद पन्तको अध्यक्षतामा बसेको बैठकले विपद्का घटनाहरुलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिका सरोकारवाला निकाय बिचमा समन्वय गरेर पूर्व सतर्कता सहित तयारी अवस्थामा रहने निर्णय भएको छ । 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्