Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मलेसिया पुगेको एक महिना नपुग्दै रुकुमका एक युवाको मृत्यु

बुधबार, साउन १७, २०८०
tribeni2

रुकुम पश्चिमका एक युवाको मलेसियामा मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्वर ७ निवासी २६ वर्षिय भरत कुमार ओलीको मृत्यु भएको हो ।

मृतक ओलीका काका अमर ओलीका अनुसार मलेसियाको सेलाङगर स्थित बान्तिङ भन्ने स्थानमा  रहेको कोठामै झुण्डिएको अवस्थामा उहाँको शव फेला परेको खबर प्राप्त भएको छ । बुधबार बिहान उहाँको मृत्यु भएको हो । 

उहाँ एनडी पेपर मलेसिया सेलाङगर एसडीएन बिएचडीमा कार्यरत हुनुहुन्थ्यो । उहाँ केहि दिनदेखि डिउटीमा नभएको बताईएको छ । 

भरतको शवलाई स्थानीय प्रहरीले मुचुल्का उठाई स्थानीय केलाङ अस्पतालमा पोष्टमार्टमको लागि शव राखिएको छ । 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्