Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाँफिकोटको पहिरोमा ज्यान गुमाएका परिवारलाई घरमै पुगेर राहत रकम हस्तान्तरण

बिहीबार, साउन १८, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –७ मा पहिरोमा परेर ज्यान गुमाएका दुईजनाको परिवारलाई जनहि दुई लाखको दरले राहत रकम उपलब्ध गराईएको छ ।

गत आईतबार बाँफिकोट गाउँपालिका वडा नम्वर ७ को पोखरापानी भन्ने स्थानमा घाँस काट्न जाँदा सुख्खा पहिरोमा परेर ज्यान गुमाएका मृतकका नजिकका हकदारलाई घरमै पुगेर राहत दिईएको हो । पहिरोमा परेर स्थानीय ४२ बर्षिया धनमाया खत्री र ४८ वर्षिय कालिबहादुर खड्काको मृत्यु भएको थियो । 

जिल्ला विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकको निर्णयपश्चात बिहिबार पीडितको घरमै गएर पुगेर राहत रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो ।

प्रति मृतक दुई लाख रुपिँयाको दरले दुबै परिवारका नजिकका कानूनी हकदारलाई राहत उपलब्ध गराईएको हो । प्रजिअ पन्तका अनुसार विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड, २०७७ बमोजिम पीडित परिवारलाई उक्त राहत उपलब्ध गराईएको छ । 

राहत रकम हस्तान्तरण कार्यक्रममा बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनक कुमार बाँठा, गाउँपालिका उपाध्यक्ष तारा बुढा केसी, प्रमुख जिल्ला अधिकारी हरि प्रसfद पन्त, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिहरु, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार ....

पहिरोमा ज्यान गुमाएका परिवारलाई दुई-दुई लाख राहत दिईने

रुकुम पश्चिममा घाँस काट्न गएका दुई जनाको सुख्खा पहिरोले पुरिएर घटनास्थलमै मृत्यु

WhatsApp Image 2023-08-03 at 15.12.251691056739.jpg

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्