Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिम : आँखा पाक्ने समस्याका बिरामी बढ्दै

बिहीबार, साउन १८, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा आँखा पाक्ने समस्या भएका बिरामि बढ्न थालेका छन् ।

आँखा सर्जिकल तथा आँखा उपचार केन्द्र सल्लेमा प्रत्येक दिन आँखा पाक्ने समस्या भएका बिरामिको संख्या बढ्दै गएको छ । सरुवा रोगको रुपमा रहेको आँखा पाक्ने रोगका बिरामि दैनिक रुपमा ३० देखि ३५ जना आउने गरेको आँखा सर्जिकल सेन्टर तथा आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो । 

करिव एक हप्ता देखि आँखा पाक्ने समस्या भएका बिरामि उपचारको लागि आउने गरेको प्रमुख केसीले बताउनुभयो । उहाँका अनुसार आँखा पाक्ने समस्या बालबालिकालाई धेरै समस्या देखिएको छ ।

विद्यालय पढ्ने उमेरका बालबालिकामा आँखा पाक्ने समस्या धेरै देखिएको हो भने अन्य उमेर समुहकालाई पनि आँखा पाक्ने समस्या देखिएको छ । 

आँखा रातो हुने, चिलाउने, समस्या देखिने गरेको प्रमुख केसीले बताउनुभयो । 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्