Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भुमेका ७० वर्षिय बृद्ध चरेश मुद्धामा पक्राउ

बिहीबार, साउन १८, २०८०
tribeni2

रुकुम पूर्व । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले लागु औषध (चरेश) मुद्धामा फरार एक जना बृद्धलाई पक्राउ गरेको छ ।

जिल्लाको भुमे गाउँपालिका वडा नम्वर १ बस्ने ७० वर्षिय पिपल भन्ने पिलम पुनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार लागु औषध मुद्धामा फरार रहेका पुनलाई बुधबार पक्राउ गरिएको हो ।

पुन बिरुद्ध परेको मुद्धामा रुकुमकोट जिल्ला अदालतले दुई वर्ष ६ महिना कैद र २० हजार जरिवाना फैसला गरेको थियो । फरार रहेका पुनलाई फैसला कार्यान्वयनको क्रममा खोजतालास गरेर पक्राउ गरिएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिनुभयो ।

पक्राउ परेका पुनलाई रुकुमकोट जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्