Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विपदबाट जोगिन बस्तीस्तरमा सचेतिकरण गदैै रुकुम प्रहरी

शुक्रबार, साउन १९, २०८०
tribeni2

रुकुम पश्चिम । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बर्षायामसँगै बढिरहेका विपद्जन्य घटनाहरुबाट जोखिन बस्तीस्तरमा सचेतिकरणका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । 

जिल्ला प्रहरी कार्यालय, अन्तर्गत रहेका ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी, अस्थायी प्रहरी पोष्ट र सामुदायिक प्रहरी मार्फत प्रहरीले गाउँगाउँमा सचेतिकरणका कार्यक्रमहरु सञ्चालन गरेको हो । प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले समुदाय साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतिकरणका कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।

उहाँले वर्षायाममा हुन सक्ने दैवी प्रकोपका घटनाहरुबाट बच्न, शुद्ध पीउने पानी पीउन, जथाभाबि जंगली च्याउ सेवनको कारण हुने हानी लगायका विषयमा सर्वसाधारणलाई जानकारी दिने गरिएको जानकारी दिनुभयो ।

पहिरोको जोखिममा रहेका बस्ती, जंगली च्याउ सेवन गर्ने क्षेत्र, सानीभेरी नदि किनार तथा वर्षामा क्षति गर्न सक्ने अन्य खोला छेउका बस्तीहरुमा सचेतिकरणका कार्यक्रम बढी मात्रामा गरिएको प्रहरी नायब उपरिक्षक भट्टराईले उल्लेख गर्नुभयो । 

जिल्लाभरमा रहेका प्रहरी युनिटका ईन्चार्जहरुलाई अभिमुखिकरण गरे पश्चात सम्बन्धित युनिकको कार्यक्षेत्रमा सचेतिकरणका कार्यक्रमहरु भईरहेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठले जनचेतनामूलक कार्यक्रमहरु स्थानीय तह, समुदाय, विभिन्न सामाजिक संघ सस्थाहरु र विद्यालयहरुसँगको सहकार्यमा हुने गरेका छन् ।

समुदाय साझेदारी कार्यक्रम अन्तर्गत बालबिवाह, लागुऔषध दुव्र्यसन, महिला हिंसा लगायका बिषयहरु यस अघि प्राथमिकतामा परेतापनि वर्षायाममा विपद्जन्य घटनाहरुबारे सचेतिकरणका कार्यक्रमलाई बढी फोकस गरिएको प्रहरी निरीक्षक श्रेष्ठले उल्लेख गर्नुभयो । 

जेठ महिना यता रुकुम पश्चिममा दैवि प्रकोपबाट पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी जंगली च्याउको सेवनको कारण १४ जना बिरामी भएका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्