Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिम : घरभित्रै महिलाको 'हत्या' आशंका

शनिबार, साउन २०, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ सल्लेमा एक महिलाको शव फेला परेको छ । स्थानीय ५२ वर्षिया हस्तकली बुढाथोकीको आफ्नै घरमा शव भेटिएको हो ।  

उहाँको मृत्यु केहि दिन अगाडि नै भएको हुनसक्ने प्रहरीको आशंका रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार बुढोथोकी घरमा एक्लै बस्दै आउनुभएको थियो ।

शुक्रबार राती नेपालगञ्जबाट आउनुभएकी उहाँकी भदैनीले फोन नउठेपछि स्थानीयलाई सोधपुछ गर्नुभएको र शंकास्पद लागेर उहाँ सुत्ने कोठाको ताला फोड्दा कोठा भित्रै मृत अवस्थामा भेटिएको डिएसपी भट्टराईले जानकारी दिनुभयो । 

घरमा रहेका सबै कोठाहरु ताला लगाईएको अवस्थामा बुढाथोकी मृत अवस्थामा भेटिएकोले हत्या भएकोले हुनसक्ने भट्टराईले बताउनुभयो । घटना रहस्यमय रहेको र अनुसन्धान कार्य सुरु गरिएको प्रहरीले जनाएको छ । 

स्थानीयका अनुसार मृतक बुढाथोकीका दुई छोरा मध्य जेठो छोरा नेपालगञ्ज र कान्छो छोरा जापान रहेकोले घरमा एक्लै बस्दै आउनुभएको थियो ।  

मृतक बुढाथोकीसँग केहि गरगहना र नगद रकम समेत भएकोले लुटपाट गरेर हत्या गरिएको हुनसक्ने स्थानीयले बताएका छन् । 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्