Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ज्यामिरकोटका अनाथ दिदिभाईलाई अमेरिकाबाट सहयोग

शनिबार, साउन २०, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्वर १४ का दुई बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।

स्थानीय जनविकास माध्यमिक बिद्यालय ज्यामिरकोट टाकुरामा कक्षा ६ मा अध्ययनरत डिला मल्ल र  उनका भाइ किरण मल्ललाई वर्षभरी पुग्ने शैक्षिक सामाग्री उपलब्ध गराईएको हो ।  

बिद्यालयका प्रधानाध्यापक दिपक संगम थापाका अनुसार आठबिसकोट नगरपालिका ९ घर भई हाल अमेरिकामा रहनु भएकी जयन्ती थापाले उक्त सहयोग गर्नुभएको हो । प्रधानाध्यापक थापाका अनुसार बिद्यालयमा अध्ययनरत एकै घरका दुई अनाथ दिदीभाईलाई बर्षभरिमा पुग्ने शैक्षिक सामाग्री सहयोग गरिएको हो । 

समाजसेवी, शिक्षाप्रेमी एवं बौद्धिक ब्यक्तित्व जयन्ती थापाले अमेरिकाबाट उपलब्ध गराउनुभएको सहयोग शुक्रबार बिद्यालयमा एक कार्यक्रम आयोजना गरेर हस्तान्तरण गरिएको छ । 

प्रधानाध्यापक थापाले अनाथ बालबालिकालाई शैक्षिक सामाग्री दिएर ठुलो गुण लगाउनु भएको बताउनुभयो । मल्लका दिदिभाईलाई एक एक जोडी स्कुल पोसाक, स्कुल झोला, वर्षभरी पुग्ने कापी, कलम र ज्यामिती, जुत्ता, छाता लगायतका शैक्षिक सामाग्री प्रदान गरिएको हो । 

उनीहरुको बुवाको युवा उमेरमा मृत्यु भैसकेको र आमाले समेत दोश्रो बिहे गरेर अन्यत्र गैसकेकोले दिदिभाईको अवस्था नाजुक थियो । अहिले दिदिभाई हजुरबुवा र हजुरआमाको आश्रयमा रहेका छन् । 

उनीहरुको पढाईलाई केही रुपमा भए पनि सहयोग पुग्ने गरेर अमेरिका निवासी समाजसेवी जयन्ती थापाले शैक्षिक सामाग्री प्रदान गर्नुभएको छ । यसअघि पनि उहाँले सहयोग गरिरहनुभएको छ । आफू अमेरिका बसेर पनि नेपाल र नेपालीका लागि सहयोग गर्न सधैं अघि बढ्ने थापाको मन देखेर स्थानीय खुसी भएका छ्न । 

प्रधानाध्यापक दिपक संगम थापाले मनकारी थापाबाट सबैले मानविय धर्म सिक्नुपर्ने बताउनुहुँदै सहयोगको बालबालिकालाई थप सहयोगको लागि आह्वान समेत गर्नुभयो । 

364810467_806013494536295_8941650751985213771_n1691207829.jpg

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्