Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तुलसीपुरका युवा व्यवसायी डाँगीद्वारा रुकुमका बालबालिकालाई सहयोग  

शनिबार, साउन २०, २०८०
tribeni2

रुकुम पश्चिम । आफूले आर्जन गरेको आर्थिक रकम व्यक्तिगत सुखसयलको काममा खर्च गर्ने, थप सम्पत्ति जोड्ने मान्छेहरुको भिडमा एक युवा व्यवसायीले उदाहरणीय काम गर्दै आउनुभएको छ ।

स्थायी घर रोल्पाको पाछाबाङ भई हाल दांगको तुलसीपुरमा व्यवसाय गर्दै आउनुभएका युवा व्यवसायी नन्दबहादुर डाँगीले आफूले आर्जन गरेको रकमबाट हालै रुकुम पश्चिमका बालबालिकाहरुलाई सहयोग गर्नुभएको छ । 

उहाँले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ मा रहेको जनविकास माध्यमिक बिद्यालय ज्यामिरकोटमा अध्ययनरत दुई जना बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो । बिद्यालयका प्रधानाध्यापक दिपक संगम थापाले दिनुभएको जानकारी अनुसार बिद्यालयमा अध्ययनरत कक्षा ६ कि छात्रा अञ्जली चन्द र  कक्षा ३ मा अध्ययनरत छात्र सन्तोष बिकलाई शैक्षिक सहयोग गरिएको हो । 

365473579_2591891000969277_2081411509482515589_n1691210502.jpg

छात्रा चन्दको आमाको मृत्यु भैसकेको छ भने छात्र बिक गरिब तथा दलित परिवारको हुनुहुन्छ । उहाँहरुको पढाईमा सहयोग गर्ने उद्धेश्यले डाँगीले शैक्षिक सामाग्री उपलब्ध गराउनुभएको हो । 

प्रधानाध्यापक थापाका अनुसार शुक्रबार बिद्यालयले एक कार्यक्रम गरि शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो । दुबै जनालाई बिद्यालय पोशाक, झोला, वर्षभरी पुग्ने कापी, कलम, ज्यामिती बक्स लगायतका सामाग्री प्रदान गरिएको हो ।  

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी हरिप्रसाद शर्माले धन कमाएर थुपार्नु भन्दा समाजसेवा गर्नुपर्छमा ठुलो पुण्यकर्म हुने बताउनुभयो । उहाँले धनका धनी भन्दा पनि मनका धनिहरु समाजका उदाहरणिय पात्र हुने समेत उल्लेख गर्नुभयो । 

दाङ तुलसीपुरमा सहुलियत किचन हाउस संचालन गरेर १२० रुपियाँमै मासुभात दिने गरेर व्यवसाय गर्दै आउनुभएका डाँगी सफल युवा व्यवसायीको रुपमा चिनिनु हुन्छ ।  

364706792_1023156725349141_5773138290648521128_n1691210253.jpg

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्