Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मलेसियामा ज्यान गुमाएका त्रिवेणीका भरतको परिवारलाई सहयोग हस्तान्तरण

शनिबार, साउन २०, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका घर भई रोजगारीको लागि मलेसिया गएको बेला ज्यान गुमाउनुभएका एक युवाको परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ । 

त्रिवेणी गाउँपालिका वडा नम्वर ७ का २६ वर्षिय  भरत कुमार ओलीको परिवारलाई आज घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरिएको हो । 

परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको भन्दै स्थानीय केहि अभियान्ताहरुले भरतको लास व्यवस्थापनका लागि सहयोग संकलन अभियान सञ्चालन गर्नुभएको थियो । अभियान्ता त्रिवेणी गाउँपालिका ७ निवासी महेश ओलीका अनुसार आज मृतक ओलीको परिवारलाई चार लाख ५९ हजार चार सय रुपिँया हस्तान्तरण गरिएको हो । साउन १८ गतेदेखि २० गते बिहानसम्म भरतको शव व्यवस्थापनका लागि सहयोग अभियान चलाईएको थियो । 

अभियानमा महेशसँगै स्थानीय राजु डाँगी, यामप्रसााद डाँगी, कलिभान ओली, पल बहादुर केसी र त्रिवेणी गाउँपालिका वडा नम्वर १० का पदमप्रकाश खत्री रहनु भएको थियो ।  वडा अध्यक्ष धनबहादुर खड्काको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको हो । 

साउन १७ गते भरतको मलेसियाको सेलाङगरस्थित बान्तिङ भन्ने स्थानमा रहेको कोठामा मृत्यु भएको थियो ।  रोजगारीको लागि मलेसिया जानुभएका भरतको एक महिना नपुग्दै मलेसियामा झुण्डिएर मृत्यु भएको बताईएको छ । उहाँ एनडी पेपर मलेसिया सेलाङगर एसडीएन बिएचडीमा कार्यरत हुनुहुन्थ्यो । 

मलेसिया पुगेको एक महिना नपुग्दै रुकुमका एक युवाको मृत्यु

364363878_6428469593915390_4154534089111681173_n1691240039.jpg
सहयोग संकलनका अभियान्ताहरु

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्