Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दुई वन समुहद्वारा शैक्षिक सामाग्री र न्यानो कपडा वितरण

आइतबार, साउन २१, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमका दुई सामुदायिक वन उपभोक्ता समुहले शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेका छन् । 

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्वर ५ स्थित झाँक्रीपानी सामुदायिक वन उपभोक्ता समूह र एरेणी सामुदायिक वन उपभोक्ता समुहद्वारा गरिब तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सामाग्री र शारिरीक रुपमा अशक्त व्यक्तिलाई न्यानो कपडा वितरण गरिएको हो । 

शनिबार दुबै वन समुहले संयुक्त रुपमा सात जना गरिब तथा जेहेन्दार बालबालिका र एक शारिरीक रुपमा अशक्त पुरुषलाई सहयोग गरेका हुन् । सात जना बालबालिकालाई बिद्यालय पोशाक र स्टेशनरी सामाग्री दिईएको हो भने स्थानीय तुल बहादुर घर्तीलाई न्यानो कपडा उपलब्ध गराईएको हो । 

डिभिजन वन कार्यालय रुकुम पश्चिम अन्तर्गत मुसिकोट सव डिभिजन वन कार्यालयको समन्वयमा उक्त सहयोग प्रदान गरिएको हो । 

मुसिकोट सव डिभिजन वन कार्यालयका वन रक्षक रणबहादुर डाँगीका अनुसार शैक्षिक सामाग्री पाएका सात जना बालबालिकाहरु बिद्या विकास माध्यमिक बिद्यालयमा अध्ययनरत रहेका छन् । कक्षा ८ मा अध्ययनरत महेन्द्र ओली, सविना कठायत र सम्झना घर्ती, कक्षा ७ मा अध्ययनरत कमल सुनार, कक्षा ६ मा अध्ययनरत सपना चन्द, कक्षा ४ मा अध्ययनरत निर्मला घर्ती र कक्षा १ मा अध्ययनरत शान्ति कठायतलाई शैक्षिक समाग्री उपलब्ध गराईएको हो । 

वन रक्षक डाँगीका अनुसार वन समुहले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेका हुन् । 

मुसिकोट सव डिभिजन वन कार्यालयका निमित्त सहायक वन अधिकृत गीता खड्का ओलीको प्रमुख आथित्यतामा भएको उक्त सहयोग हस्तान्तरण कार्यक्रममा दुबै सामुदायिक वन समुहका पदाधिकारीहरु, बालबालिका र उनीहरुका अभिभावकहरु, वनका उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

365179123_237795442549387_5328550761383661793_n1691289569.jpg

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०८:१८
प्रतिक्रिया दिनुहोस्