Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटका सबै वडामा काँग्रेसको वडा सम्मेलन सम्पन्न

आइतबार, साउन २१, २०८०
tribeni2

रुकुम पश्चिम । नेपाली काँग्रेसले मुसिकोट नगरपालिकाका सबै वडामा वडा सम्मेलन सम्पन्न गरेको छ । 

गत असार २० गते सम्पन्न नेपाली काँग्रेस जिल्ला कार्य समितिको  बैठकले वडा सम्मेलन सम्पन्न गर्न गरेको निर्णय अनुसार मुसिकोटका १४ वटै वडामा वडा सम्मेलन सम्पन्न भएका हुन् । 

मुसिकोट नगर कार्यसमितिका सचिव सुर्य प्रकाश शर्माका अनुसार शनिबार वडा नम्वर ३ को वडा सम्मेलन सकिएसँगै १४ वटै वडाका सम्मेलन सम्पन्न भएका हुन् । जिल्ला कार्यसमितिको निर्णय अनुसार वडा नम्वर १३ बाट वडा सम्मेलन सुरु गरिएको थियो । त्यसका लागि जिल्ला कार्यसमितिले प्रतिनिधि खटाएर पठाएको थियो । 

नगर सचिव शर्माका अनुसार सम्मेलनमा वडा समितिमा रिक्त रहेका पदहरुको पूर्ति गरिनुका साथै कार्यकर्ताहरुलाई प्रशिक्षण दिईएको छ । त्यसैगरी आन्तरिक शुद्धिकरण, सदस्यता वितरण, संगठन बिस्तार लगायतका बिषयमा सम्मेलनमा बिभिन्न निर्णयहरु गरिएको छ । 

वडा सम्मेलनमा नेपाली काँग्रेसका कर्णाली प्रदेश समितिका महामन्त्री कृष्णबहादुर रोकाय, जिल्ला कार्यसमितिका पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधिहरु लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

वडा सम्मेलनले सबै वडाका कार्यकर्ताहरुमा नयाँ उत्साह थपेको नगर सभापति प्रेमबहादुर ओलीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्