Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मित्रता दिवसको अवसरमा रक्तदान

आइतबार, साउन २१, २०८०
tribeni2

जाजरकोट । अन्तर्राष्ट्रिय मित्रता दिवसको अवसरमा रक्तदान गरिएको छ । मालिका सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र जाजरकोटले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । 

नेपाल रेडक्रस सोसाईटी उपशाखा कार्यालय चौरजहारीद्धारा चौरजहारी नगरपालिका १ मा सञ्चालित ब्लड बैंककाे लागि सेवा केन्द्रले अन्तर्राष्ट्रिय मित्रता दिवसको अवसरमा पहिलो रक्तदान कार्यक्रम गरेको हो । 

सेवा केन्द्रको १६ जनाकाे टोलीले रक्तदान गरेको रेडक्रस सोसाईटी चौरजहारीका कोषाध्यक्ष गोपाल लामिछानेले बताउनुभयो । उहाँका अनुसार आज सेवा केन्द्रद्धारा गरिएको रक्तदान कार्यक्रमबाट १६ पिन्ट रगत संकलन भएको छ । 

चौरजहारीमा रुकुम पश्चिम, जाजरकोट, सल्यान, डोल्पा लगायतका जिल्लाका बिरामीको लागि साउन १ गतेदेखि ब्लड बैंक सुरु भएको र रक्तदान नै जीवनदान भएकोले मित्रता दिवसको सन्दर्भ पारेर रक्तदान गरिएको सेवा केन्द्रका उपाध्यक्ष बसुन्धरा नेपालीले जानकारी दिनुभयो ।

उहाँले रगतको अभावको कोहि कसैले ज्यान गुमाउन नपरोस् र आवश्यकता परेको बेलामा ब्लड बैंक मार्फत रगत उपलब्ध गराउन सकियोस् भनेर पनि रक्तदान गरिएको बताउनुभयो । 

रक्तदान गर्ने सेवा केन्द्रको टोलीलाई नेपाल रेडक्रस सोसाइटी चौरजहारीका सभापति तेजबहादुर बटालाले प्रशंसापत्र सहित सम्मान गर्नुभएको थियो । 

364541070_831480051676287_8118986462503181175_n1691304404.jpg

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्