Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बर्षा र पहिरोले त्रिवेणीमा क्षति : घर र गोठ भत्किए, गाई र कुखुरा पुरिए, अन्नपात नष्ट

आइतबार, साउन २१, २०८०
tribeni2

रुकुम पश्चिम । शनिबार रातीको अबिरल बर्षाको कारण त्रिवेणी गाउँपालिकाका केहि घर र गोठ भत्किएका छन् भने पहिरोमा पुरिएर गाई र कुखुरा मरेका छन् । 

त्रिवेणी गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष रनबहादुर पुनका अनुसार वर्षासँगैको पहिरोका कारण वडा नम्वर ५ का डिल्ली बहादुर ओलीको गोठघर पहिरोले पुरेको छ । पहिरोले गोठ पुरिदा एक वटा दुुहुनो गाई र केहि कुखुराको मृत्यु भएको छ । वडा अध्यक्ष पुनका अनुसार उक्त गोठमा राखिएको अन्नपात समेत पहिरोमा पुरिएको छ । 

त्यसैगरी सोहि वडाका बलाराम बिकको घर भत्किएको छ भने घरमा भएको अन्नपात र सरसामान पूर्ण रुपमा क्षति भएको छ । वडा अध्यक्ष पुनले बलारामको परिवार अहिले अंकलको घरमा सहारा लिएर बसेको जानकारी दिनुभयो । 

365234793_3665380647030264_2852436356070173078_n1691306528.jpg

लगातारको बर्षाको कारण उक्त वडाका १५ वटा घरधुरीमा पहिराले आंशिक क्षति गरेको छ । गाउँ आउने बाटो अवरुद्ध भएको छ भने वडाका विभिन्न स्थानमा रहेका खेतबारी बगाएको वडा अध्यक्ष पुनले उल्लेख गर्नुभयो । 

उहाँका अनुसार वडाका दमाई टोल र पल्लोडेराटोल समेत पहिरोको जोखिममा रहेका छन् । वडा अध्यक्षले वडावासीलाई उच्च सतर्कताका साथ बस्न अनुरोध गर्नुभएको छ । 

त्यसैगरी बर्षाका कारण त्रिवेणी गाउँपालिका वडा नम्बर ८ गरेनाका पहलसिंह खड्काको दुई तले घर भत्किएको छ । घरमाथीबाट खसेको पहिरोले उहाँको घरमा पूर्णरुपमा क्षति भएको छ । फागुन महिनामा निर्माण गरिएको घर ६ महिना नपुग्दै पहिरोले पुर्ण रुपमा क्षति गरेको वडाध्यक्ष नन्नराम खड्काले जानकारी दिनुभयो । 

पहिरोले घरभित्र रहेका समान, अन्न, लत्ताकपडा पुरिएका छन् । घरमा पूर्ण रुपमा क्षति पुगेपछि पहलसिंहको पाँच जनाको परिबार आफन्तको घरमा शरण लिएर बसिरहेको छ । 

त्यस्तै शनिबार राति आएको पहिरोले त्रिवेणी १० मान्टुराका सपबिर ओलीको दुई वटा पानी घट्ट, पिस्न लगिएको स्थानीयको करिब दुई सय केजी अन्न पनि पुरिएको छ । यसका साथै ओलीकै मान्टुरामा रहेको चार रोपनी खेतमा लगाएको धानबाली समेत पुरिएको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्