Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हिमाली जिल्ला रुकुम पूर्वमा पनि डेङ्गु, एकसाथ सचेतिकरण कार्यक्रम सुरु

आइतबार, साउन २१, २०८०
tribeni2

रुकुम पूर्व । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा पनि डेङ्गु रोग संक्रमित बिरामी फेला परेपछि सचेतनाका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको छ । 

जिल्लामा दुई जनामा डेङ्गुका बिरामी भेटिएपश्चात प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले डेङ्गु रोग नियन्त्रणका लागि जिल्लाभर एक साथ सचेतिकरणका कार्यक्रम सुरुवात गर्ने निर्णय भएको थियो ।  

बैठकले स्थानीय स्वास्थ्यकर्मी, शिक्षक र सुरक्षाकर्मीको समन्वयमा बिद्यालयको प्रार्थना समयमा जिल्लाका सबै बिद्यालयहरुमा सचेतिकरणको कार्यक्रम सुरुवात गर्ने निणर्य गरे बमोजिम आजबाट बिद्यार्थीहरुलाई सचेतिकरण बनाउन थालिएको हो । 

स्वास्थ्य कार्यालय रुकुम पूर्वको नेतृत्वमा भएको सचेतिकरण कार्यक्रम अन्तर्गत रुकुमकोटमा रहेको रुक्मिणी माध्यमिक बिद्यालयमा कार्यक्रम सञ्चालन गरिएको छ ।

स्वास्थ्य कार्यालय रुकुम पूर्वका प्रमुख नारायण चौधरीले विद्यालयमा गएर विद्यार्थीलाई यसबारेमा जानकारी दिएमा विद्यार्थी मार्फत उनीहरुका अभिभावकलाई सचेत गराउन सकिने र डेङ्गु संक्रमणको जोखिमलाई कम गर्न सकिने भएकोले बिद्यालयमा सचेतिकरण कार्यक्रम गर्न थालिएको बताउनुभयो ।

रुक्मिणी माविमा भएको सचेतिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, प्रहरी नायब उपरिक्षक अञ्जना श्रेष्ठ, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तिलक गौतम लगायतको सहभागिता रहेको थियो । 

बिद्यार्थी सचेतना कार्यक्रममा डेङ्गु रोगको परिचय, यसका लक्षण, उपचार पद्धती र सुरक्षित हुने उपाय लगाएतको बारेमा बिद्यार्थीहरुलाई जानकारी गराईएको हो । 

आजै पुथा उत्तरगंगा गाउँपालिका वडा नम्वर ५ मा रहेको देउराली माध्यमिक बिद्यालयमा समेत उक्त सचेतिकरण कार्यक्रम गरिएको छ । बिद्यालयको प्रार्थना समयमा बिद्यार्थीहरुलाई सचेतिकरण गराईएको हो । यसका साथै जिल्लाका अन्य बिद्यालयहरुले पनि सचेतिकरणको कार्यक्रम सुरुवात गरेको बताईएको छ । भूमे गाउँपालिका बिद्यालयमा भने वर्षे बिदा रहेको छ । 

365475603_153824894410984_230543892458555633_n1691335456.jpg

त्यसैगरी अभियानकै क्रममा सिस्ने गाउँपालिका ५ को चोकबजार, टाकुरा, बाहुनठाना, कमल दह, सिस्ने गाउँपालिका ६ को छिप्रीदह, ढकालबारा, कैचिमोड लगाएतको क्षेत्रमा पुगेर नागरिकहरुलाई डेङ्गु रोगसम्बन्धि जानकारी गराइएको छ । 

यो अभियान जिल्लामा भदौको महिनासम्म निरन्तर चल्ने बताईएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  २१:०४
प्रतिक्रिया दिनुहोस्