Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा नेपाली काँग्रेसको 'आन्तरिक बिशेष अभियान' उद्घाटन

गाउँ-गाउँमा सेवा दल गठन गरिने
आइतबार, साउन २१, २०८०
tribeni2

रुकुम पश्चिम । नेपाली काँग्रेस रुकुम पश्चिमले आईतबार 'आन्तरिक बिशेष अभियान' कार्यक्रम उद्घाटन गरेको छ। नेपाली काँग्रेसको जिल्ला पार्टि कार्यालय बि.पि. स्मृति भवन मुसिकोट खलङगामा अभियानको उद्घाटन गरिएको हो । 

अभियानको उद्घाटन नेपाली काँग्रेसका केन्द्रीय सदस्य कर्णबहादुर बुढाले गर्नुभएको पार्टीका जिल्ला सचिव परमेश्वर भण्डारीले जानकारी दिनुभयो । 

सचिव भण्डारीका अनुसार नेपाली काँग्रेसको जेठ २ गते सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार सांगठानिक सुदृढिकरणका लागि बिशेष अभियान चलाईएको हो । पार्टीको जिल्ला समितिको बैठकको समेत सन्दर्भ पारेर उक्त अभियान सुभारम्भ गरिएको हो । 

सचिव भण्डारीका अनुसार आन्तरिक बिशेष अभियान अन्तर्गत अब जिल्लाका ६ वटै पालिका र आवश्यकता अनुसार वडा समेतमा अभियान सञ्चालन गरिने छ । यस क्रममा संगठन  सुदृढिकरणका लागि छलफल, रिक्त समितिमा पदपूर्ति, पार्टि कार्यकर्तालाई प्रशिक्षण लगायतका कार्यक्रमहरु गरिने छ ।

यसका साथै गाउँ सेवा दल समेत गठन गरिने कार्यक्रम रहेको छ । त्यसका लागि भने कार्यबिधि तयार हुन बाँकि रहेका सचिव भण्डारीले जानकारी दिनुभयो । आन्तरिक बिशेष अभियान साउन २० गतेदेखि ३० गतेसम्म चल्ने बताईएकाे छ । 

364799850_827166202179266_2072648050295204980_n1691337312.jpg

अभियानको उद्घाटन सत्रमा नेपाली काँग्रेसका जिल्ला सभापति प्रेम प्रकाश ओलीको अध्यक्षता र केन्द्रीय सदस्य कर्ण बहादुर बुढाको प्रमुख आतिथ्यतामा रहकाे थियाे । उक्त कार्यक्रममा नेपाली काँग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्ण बहादुर रोकाय, पूर्व जिल्ला सभापति एवम् पुर्व राज्यमन्त्री गोपाल जि जङ्ग शाहको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रदेश कार्यसमिति सदस्य सीता ओली लगायत जिल्ला कार्यसमितिका पदाधिकारीहरु, नगर तथा गाउँ समितिका पदाधिकारीहरु, विभिन्न भातृसंगठनमा प्रमुखहरु, अगुवा कार्यकर्ताहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सचिव परमेश्वर भण्डारीले गर्नुभएको थियो । 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  २१:३३
प्रतिक्रिया दिनुहोस्