Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

माओवादी पदाधिकारीको जिम्मेवारी फेरबदल : जनार्दन शर्मा बाग्मती प्रदेश इन्चार्ज

सोमबार, साउन २२, २०८०
tribeni2

काठमाण्डाै । नेकपा माओवादी केन्द्रकाे केन्द्रीय समितिको बैठकले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताको जिम्मेवारी तोकिएको र हेरफेर गरिएको सम्बन्धी प्रस्ताव पेस गर्नुभएको उहाँका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

त्यसबमोजिम पार्टीका उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेश इन्चार्ज बनाइएको छ । यस्तै उपमहासचिव जनार्दन शर्मालाई बाग्मती प्रदेश इन्चार्जकाे जिम्मेवारी दिइएको छ । सचिव लीलामणि पोखरेललाई मधेस प्रदेश इन्चार्ज र सचिव देवेन्द्र पौडेललाई गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

यसैगरी चक्रपाणि खनाललाई कोशी प्रदेश इन्चार्ज, हितमान शाक्यलाई लुम्बिनी प्रदेश इन्चार्ज, मात्रिका यादवलाई कर्णाली प्रदेश इन्चार्ज र डिलाराम आचार्यलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । नेता गिरिराजमणि पोखरेललाई उपत्यका सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिइँदा नेता राम कार्कीलाई प्रवास प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ । 

त्यस्तै समाजवादी मोर्चा र पार्टी एकता संयोजनको जिम्मेवारी उपाध्यक्ष कृष्णबहादुर महरालाई दिइएको छ । जनसङ्गठन समन्वयको जिम्मा उपाध्यक्ष पम्फा भुसालले पाउँदा प्रचार विभागको इन्चार्जको जिम्मेवारी अग्निप्रसाद सापकोटालाई दिइएको छ । विज्ञान–प्रविधि विभागको इन्चार्जको जिम्मेवारीमा गणेश साह हुनुहुन्छ भने बुद्धिजीवी, प्राध्यापक, मानवअधिकार, शिक्षक, तथा कानुन व्यवसायी सङ्गठनको समन्वयको जिम्मेवारी दिनानाथ शर्माले पाउनुभएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०८:१७
प्रतिक्रिया दिनुहोस्