Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सेरीगाउँमा मोटरसाईकल दुर्घटना, चालक घाईते 

सोमबार, साउन २२, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ सेरीगाउँमा मोटरसाईकल दुर्घटना भएको छ । 

मुसिकोटको खलंगा देखि सोलाबांग तर्फ जाँदै गरेको रा ६ प ४८२१ नम्वरको पल्सर मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक मुसिकोट नगरपालिका वडा नम्वर ११ निवासी २१ बर्षिय सन्तोष लम्साल घाईते हुुनुभएको छ । दुर्घटना दिउँसो चार बजे भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार मोटरसाईकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा पर्नुभएका चालक लम्सालको टाउको, अनुहार र जिब्रोमा चोट लागेको बताईएको छ ।

उहाँको स्थानीय मनकामना अस्पतालमा उपचार भईरहेको र अहिले अवस्था सामान्य रहेको बताईएको छ । 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्