Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गहना लुट्नलाई सल्लेमा महिलाको हत्या गरिएको खुलासा, दुई महिला पक्राउ

सोमबार, साउन २२, २०८०
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ निवासी ५२ बर्षिया हस्तकली बुढाथोकीको हत्या घटनामा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । 

प्रहरीले बुढाथोकीको हत्या घटनामा मुसिकोट नगरपालिका १ की २३ बर्षिया सिर्जना बुढा बोहरा र मुसिकोट नगरपालिका ५ टटेला निवासी ३० वर्षिय शोभा कुमारी सुनार सोनीलाई पक्राउ गरेको हो । 

प्रहरीले आज सोमबार बेलुका पत्रकार सम्मेलन गरेर उहाँहरुलाइ सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले सिर्जना बुढा बोहरा हत्यामा प्रत्यक्ष संलग्न भएको र शोभा कुमारी सुनारलाई प्रमाण लुकाउन संलग्न भएको आरोपमा पक्राउ गरिएको जानकारी दिनुभयो । 

बोहराले मृतक बुढाथोकीसँग हिमचिम बढाएर गहना र पैसा लुट्ने मनसायले ढुंगाले कन्चटमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ । बुढाथोकीको हत्या गरेर बोहराले एक थान मोबाईल, पोते, सुनको एक थान सिक्रि, सुनकाे एक थान तिलहरी, सुनका कानबाली एक जाेडा र सुनकाे चन्द्रमा लुटेको प्रमाण प्रहरीले फेला पारेको छ । त्यस्तै घटनास्थलबाट रगतजस्ताे देखिने राताे पदार्थ लागेकाे लाम्चाे, चेप्टाे ढुंगा लाेराे पनि बरामद भएकाे छ । 

लुटिएका सुनका गहना खलंगा बजारमा सुनचाँदि व्यवसाय गर्ने सोनीले बिना बिल, बजार मूल्य भन्दा पचास हजार कम मूल्यमा खरिद गरेर गालेको अवस्थामा फेला पारिएको प्रहरीको भनाई रहेको छ । साेनीले एक लाख ८४ हजारमा बाेहराबाट सुन किनेकाे बताइएकाे छ ।

आरोपी दुबैजनालाई प्रहरीले कर्तव्य ज्यान एवम् डाँका तथा आपराधिक उपद्र शिर्षकमा मुद्धा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ । दुबै जना प्रतिवादीहरुलाई रुकुम जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

जिल्लाको मुसीकोट नगरपालिका –१ सल्लेमा रहेको आफ्नै घरभित्र बुढाथोकी मृत अवस्थामा भेटिनुभएको थियो । शुक्रबार राती नेपालगञ्जबाट आएकी मृतककी भदैनीले घरमा ताला लगाएको र मोबाईल समेत बन्द भएको बताएपछि स्थानीय र प्रहरीले घरको ताला खोलेका थिए । त्यसबेला उहाँका कोठामा मृत अवस्थामा भेटिनुभएको थियो । 

बाहिर ताला लगाएको अवस्थामा आफ्नै घरमा मृत अवस्थामा भेटिएकोले घटना शंकास्पद रहेको भन्दै प्रहरीले कर्णाली प्रदेश प्रहरी कार्यालयबाट बिशेष प्रहरी टोली र कर्णाली प्रदेश केनाईन शाखा कोहलपुर बाँकेबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरेको थियो । 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्