Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
विज्ञान र प्रविधि

महेन्द्र माविका बिद्यार्थीले बनाए 'चोर पसेको सूचना दिने मेसिन' देखि 'मोबाईल कन्ट्रोल गाडी'

महेन्द्र माविमा विज्ञान शैक्षिक सामाग्री निर्माण र प्रदर्शनी 
बुधबार, साउन २४, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १३ छिवाङ चौतारामा रहेको महेन्द्र माध्यमिक बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुले विज्ञान प्रविधिका नौ समाग्रीहरु निर्माण गरेका छन् । 

मंगलबार एक कार्यक्रमका बिच विद्यालयका पचास जना बिद्यार्थीहरुले निर्माण गरेमा विज्ञान प्रविधिका शैक्षिक सामाग्री प्रदर्शन समेत गरिएको हो । उनीहरुले समुह समुहमा विभाजन भएर बनाएर नौ थरिका सामाग्रीहरु निर्माण गरेका छन् । 

बिद्यार्थीहरु आफैले निर्माण गरेका डिजिटल स्मार्ट डस्टबिन, मकै छोडाउने मेशिन, मोवाईल चार्ज गर्ने पावर बैंक र अटोमेटिक सडक बत्तिको प्रदर्शनी गरेका हुन् । डिजिटल स्मार्ट डस्टबिन फोहोर नजिक लिने बित्तिकै आफै खुल्ने र बन्द हुने गर्दछ भने घरायसी सामाग्री जुटाएर कम बिद्युत पावरमा चल्ने मकै छोडाउने मेशिन निर्माण गरिएको छ ।

364809864_815173830260537_5140952328342624557_n1691551176.jpg

मकै उधार्ने मेसिन निर्माण कार्यमा संलग्न कक्षा १० का छात्र भुपाल ओलीले गाउँमा मकै छोडाउनका लागि महिनौ लाग्ने भएकोले यो मेसिनको प्रयोग भएमा सहज हुने बताउनुभयो । उहाँले यस क्षेत्रमा खायन र बीउको लागि समेत मकै राम्रो उत्पादन भएकोले यो सामाग्रीको निर्माण र प्रयोगमा प्राथमिकता दिईनुपर्ने जनाउनुभयो । 

त्यसैगरी स्थानीय कच्चा सामाग्रीको प्रयोगले पावर बैंक बनाईएको छ भने अध्यारोमा आफै बल्ने र उज्यालो हुँदा बन्द हुने सडक बत्ति पनि बिद्यार्थीहरुले बनाएका छन् । 

364780954_1144972916422825_890777077914204836_n1691551209.jpg

महेन्द्र माविका बिद्यार्थीहरुले अटामेटिक धारा, पानीको सतह नाप्ने इन्डिकेटर, होम सेक्युरिटि सिस्टम, अटोमेटिक लाईट र मोबाईल कन्ट्रोल  गाडी समेत निर्माण गरेका छन् । अटोमेटिक धारा हात लिने बित्तकै खुल्दछ भने पानीको सतह नाप्ने ईन्डिकेटरले भाँडामा भरिदै गएको पानीको सहत अनुसार बत्तिद्वारा संकेत गर्दछ ।

त्यसैगरी बिद्यार्थीले निर्माण गरेको होम सेक्युरिटि सिस्टमले घरको ढोका वा गेट कसैले खोलेमा साईरन बज्छ भने अटोमेटिक लाईटले मान्छे देख्ने बित्तिकै आफै बल्ने काम गर्दछ । कक्षा ९ का छात्र शैलेन्द्र केसीले मान्छेको प्रवेश भएमा आफै बत्ति बल्ने लाईटले घर तथा कार्यालयको सुरक्षाका साथै अनावश्यक बिद्युत महशुल बढाउने कार्यमा कमी आउने बताउनुभयो । 

363891613_2633990330087940_3630939612580947835_n1691551243.jpg

त्यसैगरी मोबाईल कन्ट्रोल गाडि बनाएर मोबाईलमा रहेको ब्लुटुथ मार्फत कन्ट्रोल गर्न सकिने बनाईएको छ । उक्त सामाग्री प्रदर्शनीमा कक्षा १० मा अध्ययनरत छात्रा सृष्टि शर्माले गाडिको लोकेशन, स्पिड लगायतका कुरा मोबाईलबाटै नियमन तथा कन्ट्रोल गर्न सकिने जानकारी दिनुभयो ।

बिद्यालयका प्रधानाध्यापक झलक पुनले नमुना बिद्यालयका कार्यक्रम अन्तर्गत बिद्यार्थीहरुलाई विज्ञान र प्रविधिका कार्यहरुमा सीप सिकाउन थालेको र सोहि क्रममा यी सामाग्रीहरु निर्माण गरिएको बताउनुभयो । कक्षा ६ देखि १० सम्मका ५० जना बिद्यार्थीहरु शैक्षिक सामाग्री निर्माणको कार्यमा जोडिएका छन् । यी सामाग्री निर्माणमा चाहिने सामाग्री र प्रशिक्षकको व्यवस्था बिद्यालयले गरिदिएको थियो । 

प्रधानाध्यापक पुनले जिल्ला वा अन्य कुनै शैक्षिक प्रदर्शनीहरुका आफ्ना बिद्यालयका बालबालिकाले निर्माण गरेका सामाग्रीहरु प्रदर्शन गर्ने सोच रहेको बताउनुभयो । यसका साथै प्रविधिका सामाग्री निर्माणमा निखारता ल्याएर बिद्यार्थीहरुले आफ्नो सीपको प्रयोगबाट आम्दानी गर्न सक्ने बनाउने उद्धेश्य बिद्यालयको रहेको छ । 

बालबालिकाहरुलाई विज्ञान तथा प्रविधिका सामाग्री निर्माण कार्यमा प्रशिक्षण गरिरहनुभएका बसन्त ओलीले आठ दिनै यी सामाग्री निर्माण गर्न बिद्यार्थीले सिकेको बताउनुभयो । उनीहरुको सिक्ने उत्साहले गर्दा चाँडै नै सामाग्री निर्माण बनाउन सकेको उहाँको भनाई छ ।

बिग्रिएर फालिएका रेडियो, टेलिभिजन, मोबाईल लगायतका सामाग्री, काठका टुक्रा, प्लाईउड, डस्टबिन लगायतका खेर गएका सामाग्रीहरुबाट नै बालबालिकाले यी सामाग्रीहरु निर्माण गर्न सिकेको प्रशिक्षक ओलीले जानकारी दिनुभयो । 

363803274_301796979175363_7046167983582052749_n1691551293.jpg

359543213_1062557575152349_2788077596744261834_n1691551295.jpg

363887239_3478852939042569_4903828458470536004_n1691551295.jpg

363501045_307345271753813_4990996936031038653_n1691551292.jpg

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्