Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटमा खाद्यन्न पसलहरुको अनुगमन, चामलकाे मौज्जाद कम

बुधबार, साउन २४, २०८०
tribeni2

रुकुम पश्चिम । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको अगुवाई सदरमुकाम मुसिकोटमा रहेका प्रमुख खाद्य तथा किराना पसलहरु अनुगमन गरिएको छ । 

बुधबार जिल्ला प्रशासन कार्यालयमा खाद्यन्नको कृत्रिम अभाव र यसको अवस्था बारेमा छलफल गर्न बसेको बैठकको निर्णय अनुसार आज नै खाद्य तथा किराना पसलहरुको अनुगमन गरिएको हो । 

जिल्ला सदरमुकाममा चामलको स्टक के कति रहेको छ र यसको मूल्यमा एकरुपता रहेनरहेको बुझ्न बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । उहाँका अनुसार मुसिकोटको बागबजार देखि पातुखोलासम्म रहेका मुख्य पाँच ठुला खाद्य तथा किसाना पसलमा अनुगमन गरिएको हो । 

अनुगमनबाट यस क्षेत्रमा जम्मा दुई हजार २९८ बोरा मात्र चामल स्टक रहेको पाईएको सहायक प्रजिअ बढुवालले बताउनुभयो । उहाँले जिल्ला सदरमुकामका मुख्य पसलहरुमा रहेको चामलको स्टक कमै रहेको उल्लेख गर्नुभयो । 

भारतबाट नेपाल भित्रने चामलमा रोक लगाईएको भन्ने सूचना पश्चात जिल्लामा चामलको कृतिम अभाव सिर्जना हुनसक्ने तथा मूल्यबृद्धि हुनसक्ने भएकोले जिल्लामा चामलको मौज्दात अवस्था बुझ्न बजार अनुगमन गरिएको बताईएको छ । 

अनुगमनका क्रममा खाद्य समाग्रीहरुको अवस्था, मूल्य सूचि विवरण, व्यवसाय दर्ताको अवस्था समेत हेरिएको थियो । केहि व्यवसायीहरुको मूल्य सूचि नरहेको र केहिमा पुरानै मूल्य सूचि राखिएको, खरिद र बिक्रि बिलको अवस्था सन्तोषजनक अवस्थामा नरहेको पाईएको सहायक प्रजिअ बढुवालले बताउनुभयो । 

बजार अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाल, खाद्यन्न व्यवस्थापन तथा ब्यापार कम्पनी लिटिटेडका कार्यालय प्रमुख बिनोद चन्द, मुसिकोट नगरपालिकाका चन्द्रकला खड्का, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका ठकेन्द्र केसी, रुकुम उद्योग वाणिज्य संघका रबिन्द्र कुमार बिष्ट लगायतको सहभागिता रहेको थियो ।  

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्