Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बिदाको बेला शैक्षिक सामाग्री निर्माणमा शिक्षकको ध्यान

बालबालिकाहरुको सिकाईलाई प्रभावकारी र उत्प्रेरक बनाउन घुम्ती बैठक
बिहीबार, साउन २५, २०८०
tribeni2

जाजरकोट / जाजरकोटको कुशे गाउँपालिकामा बिदाका समयमा शिक्षकहरुले शैक्षिक सामग्री निर्माण गरेका छन् । बर्षे विदाका कारण सबै विद्यालयहरु बन्द भईरहेको समयमा कुशे गाउँपालिकामा रहेका आधारभूत तहका २९ वटा विद्यालयहरुका शिक्षकहरुले आफूले पढाउने बिषयका शैक्षिक सामग्री निर्माण गरेका छन् । 

सिकाईका लागि बैकल्पीक माध्यामहरुको खोजी गर्दै, कक्षाकोठालाई छापामय बनाई आधारभूत तहका बालबालिकाहरुको सिकाईलाई प्रभावकारी र उत्प्रेरक बनाउन घुम्ती बैठक मार्फत एकीकृत पाठ्यक्रममा आधारीत शैक्षिक सामाग्री निर्माण गर्ने गरिएको जलजला आधारभूत विद्यालयका शिक्षक महेन्द्र बहादुर खड्काले बताउनुभयो ।

पहाडी क्षेत्र विकास अभियान, जाजरकोटले सेभ द चिल्ड्रेन र कुशे गाउँपालिका संगको समन्वयमा संञ्चालन गरेको सहयात्रा-दोस्रो परियोजनाको प्राविधीक सहयोगमा आधारभूत तहका शिक्षकहरुको सहभागितामा घुम्ती बैठक तथा सिकाई सामग्री निर्माण कार्यशाला संचालन गरेको पहाडी क्षेत्र विकास अभियान जाजरकोटका बरिष्ट कार्यक्रम संयोजक रत्न डाँगीले बताउनुभयो ।

गुणस्तरीय विद्यालय शिक्षा प्रवद्र्धन तथा शैक्षिक उपलब्धि विकास गर्नलाई साना कक्षामा अध्ययनरत बालबालिकाहरु केन्द्रित सिकाई आवश्यकतालाई पुरा गर्नका लागि पनि यो कार्यक्रम संचालन गरिएको समेत डाँगीले बताउनुभयो ।

घुम्ती बैठकले विद्यालयमा अध्यापन गराउँदा आवश्यक सिकाई सामाग्री निमार्ण सीप विकास र तिनको प्रयोगले विद्यार्थीहरुमा दिगो सिकाईमा टेवा पुगिरहेको र यस किसिमको कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको कुशे गाउँपालिका शिक्षा शाखा प्रमुख जनक बहादुर शाहले बताउनुभयो ।

कुशेका विद्यालयहरुको शैक्षिक गुणस्तर प्रवर्द्धन गर्नमा परियोजना र पालिका मिलेर काम गरिरहेको र पालिकाको आ.ब. ०८०⁄८१ को बजेट तथा कार्यक्रममा शिक्षा तथा बालबालिकाको क्षेत्रमा ९ कराेड ५९ लाख ६९ हजार रुपिँया विनियोजन गरेको समेत प्रमुख शाहले जानकारी गराउनु भयो ।
IMG-20230803-WA00011691636370.jpg

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०८:३६
प्रतिक्रिया दिनुहोस्