Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा ‘लम्पी स्किन’बाट साढे ६ करोड क्षती, राहतको माग

शुक्रबार, साउन २६, २०८०
tribeni2

रुकुम पश्चिम । पशुहरुमा लाग्ने ‘लम्पी स्किन’ रोगको कारण रुकुम पश्चिममा करिब साढे ६ करोड बराबरको क्षती भएको भन्दै किसानहरुका लागि राहतको माग गरिएको छ । 

महामारी रोग पूर्व तयारी, रोकथाम, नियन्त्रण तथा क्षतीपूर्ति सम्बन्धी जिल्ला प्राविधिक समितिले कर्णाली प्रदेश सरकार समक्ष राहतको माग गरेको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको समितिको बैठकले जिल्लाका ६ वटा पालिकाभर ५२९ वटा भैसी, गाई र गोरु मरेको  र १७ हजार ९२७ वटा पशुवस्तु संक्रमित भएर क्षती भएको भन्दै राहतको उपलब्धताको लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी एवम् समितिका अध्यक्ष हरि प्रसाद पन्तले मरेका र संक्रमणको कारण क्षती भएका पशुको विवरण सरोकारवालाहरुसँग समन्वय गरेर तयार पारेर राहतको व्यवस्थाको लागि माग गरिएको बताउनुभयो । उहाँले लम्पी स्किनको थप संक्रमण तथा फैलावटलाई नियन्त्रण गर्न सबै स्थानीय तहहरुले पशु अस्पताल तथा पशु सेवा कार्यालयसँग समन्वय गरेर तदारुकताका साथ कार्य गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त प्रमुख ज्ञानु कुमार शर्माका अनुसार गत चैतबाट जिल्लामा फैलिएको यस रोगका कारण जिल्लामा करिब साढे ६ लाखको क्षती भएको छ । उहाँले मरेका पशुहरुबाट मात्र ८८ लाख ५५ हजार बराबरको क्षती भएको र संक्रमणको कारण दुध उत्पादनको आएको कमीले पाँच करोड ६१ लाख १७ हजार बराबरको क्षती किसानले बेहोर्नु परेको बताउनुभयो । 

निमित्त प्रमुख शर्माले जिल्लामा लम्पी स्किन रोगको कारण मर्ने पशुहरुको मृत्युदर २.९८ प्रतिशत रहेको जानकारी दिनुभयो । बाली लगाउने बेलामा धमाधम गोरु मर्दा किसानको खेतीपातीमा समेत असर परेको उहाँको भनाई रहेको छ ।

जिल्लामा लम्पी स्किनबाट संक्रमित भएका १७ हजार ८६७ पशुचौपायहरु मध्य १६ हजार ८८ वटा निको भएका र एक हजार २४६ वटामा अहिले पनि संक्रमण रहेको छ । शर्माले रुकुमपश्चिममा लम्पी स्किन रोगको संक्रमणदर १५.३५ प्रतिशत रहेको जानकारी दिनुभयो । 

364389640_2818968444912345_3762052650774245427_n1691745423.jpg

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्