Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठविसकोट १० मा तीन घर र दुई घट्टमा क्षती, नगर प्रमुखद्वारा अनुगमन

शुक्रबार, साउन २६, २०८०
tribeni2
  • सत्य बटाला

रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १० मा बर्षासँगैको बाढीले क्षति गरेको छ । वडा नम्वर १० को घारीखोला पेदामा बाढीले तीन घर र दुई घट्टमा पूर्ण रुपमा क्षति गरेको हो । 

बर्षाको कारण स्थानीय शिव बहादुर खत्री, बिर्खबहादुर खत्री र बमबहादुर ओलीको घर पूर्ण रुपमा क्षती भएको बताईएको छ ।  उक्त क्षेत्रमा नगर प्रमुख रबि केसी सहित स्थानीय सरकारको टोलीले आज अवलोकन गरेको छ । अनुगमनका क्रममा उक्त क्षेत्रमा तत्काल काठेपुल हाल्न बजेटको ब्यबस्था गरिने नगरप्रमुख केसीले बताउनुभयो । आजै नगर विपद व्यवस्थापन शाखाबाट राहतको समेत व्यवस्था गरिएको र थप राहतको लागि पहल गरिने केसीले उल्लेख गर्नुभयो । 

बर्षासँगैको बाढीले गर्दा घारिखोला पेदा जोड्ने मोटर पुल,  एकस्थानीयको घर र एक वटा घट्ट उच्च जोखिममा रहेको छ । अझै पालिकाका विभिन्न क्षेत्रमा बाढि पहिरो जानसक्ने सम्भावना भएकाले सबै नगरवासीहरु सुरक्षित रहन नगर प्रमुख केसीले अनुरोध गर्नुभयो । 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्