Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिवेणीकाे माझगाउँ टोलमा पानीको फिल्टर र साबुन वितरण

आइतबार, साउन २८, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर ९ को माझगाउँ टोलमा शुद्ध पीउने पानीका लागि फिल्टर र सरसफाईका लागि साबुन वितरण गरिएको छ । 

पोषणमैत्री टोल निर्माणको लागि छनोट गरिएको माझँगाउ टोलमा सुनौलो हजार दिनका आमा, दिदी, बहिनीहरुलाई उक्त सामाग्रीहरु वितरण गरिएको वडा सदस्य सन्तोष ओलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार टोलमा २५ जना महिलाहरुलाई ती सामाग्रीहरु उपलब्ध गराईएको हो । त्रिवेणी गाउँपालिकाको सहयोगमा पोषणमैत्री टोल घोषणा कार्यक्रम अन्तर्गत उक्त सामाग्रीहरु उपलब्ध गराईएको हो ।  

सामाग्री वितरण कार्यक्रममा वडा अध्यक्ष हरिबहादुर खड्का, वडा सदस्यहरु सन्तोष ओली र झुपलाल खड्का, त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखाका बिरबहादुर डाँगी लगायतको उपस्थिति रहेको थियो । 

365307202_2050002688666925_8580776476391418836_n1691906999.jpg

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्