Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

घाँटिमा क्यान्सर भएका १७ वर्षिय जनकको उपचारमा सहयोग 

आइतबार, साउन २८, २०८०
tribeni2

रुकुम पश्चिम । १७ वर्षको उमेरमा घाँटिमा क्यान्सर भएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ८ निवासी जनक ओलीको उपचारको लागि आर्थिक सहयोग प्रदान गरिएको छ । 

ओलीको उपचारमा आर्थिक समस्या भएपछि विभिन्न व्यक्तिहरुले गर्नुभएको सहयोग आज पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले बिरामीको आमालाई हस्तान्तरण गरिएको हो । 

जनकको उपचारको लागि सहयोग संकलन अभियान चलाउनुभएका सानीभेरी गाउँपालिका ८ घर भई हाल जापानमा रहनुभएका नवराज केसीले बिरामी ओलीको आमा पवित्रा ओलीलाई ६० हजार रुपिँया हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

बिरामी ओलीको घाँटिमा क्यान्सर भएको गत फागुनमा मात्र पत्ता लागेको थियो । हिमालय मावि खोलागाउँमा बालि विज्ञान संकाय पढ्दै गरेका जनकलाई हाल उपचारमा आर्थिक समस्या परेको छ । 

जनककी आमा पवित्राका अनुसार छोराको उपचारको लागि घरको जायजेथा बेचेर हालसम्म करिब १६ लाख खर्च भैसकेको छ । जनकलाई अहिले घरमै राखिएको छ । 

संहयोग संकलन अभियान्ता केसीले सामाजिक सञ्जाल मार्फत सहयोगको लागि अनुरोध गरिएकोमा विभिन्न सहयोगी दाताहरुले उक्त रकम उपलब्ध गराएको बताउनुभयो । 

आज हस्तान्तरण गरिएको रकम विभिन्न व्यक्तिहरुले आफूले सहयोगका लागि आह्वान गरेको बैंक खातामा जम्मा गरेकोले र पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी मार्फत बिरामीको आमालई दिईएको अभियान्ता केसीले उल्लेख गर्नुभयो ।  क्यान्सरपीपिडत जनकको उपचारमा सहयोग गर्न परिवारले अपिल गरेको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्