Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्ने गाउँमै भिडियो एक्सरे सहितको स्वास्थ्य शिविर सम्पन्न 

सोमबार, साउन २९, २०८०
tribeni2

रुकुम पूर्व । जिल्लाको दुर्गम क्षेत्र मानिने सिस्ने गाउँमा भिडियो एक्सरेसहितको स्वास्स्थ्य शिविर सम्पन्न गरिएको छ । सिस्ने गाउँपालिका वडा नम्वर १ मा सोमबार स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । 

सिस्ने स्वास्थ्यचौकीमा आईतबार र सोमबार उक्त शिविर सञ्चालन भएको हो ।  सिस्ने स्वास्थ्य चौकीमा प्रमुख काँशिराम ओलीका अनुसार २७ जना गर्भवतीहरुको भिडियो एक्सरे मार्फत सेवा दिईएको हो भने अन्य १५ जनाले स्त्रीरोग सम्बन्धीका सेवा लिएका छन् ।

जाँचको क्रममा क्रममा ३ जना गर्भवतीको बच्चा उल्टो भएको, १ गर्भवतीको बच्चाका लागि खेल्ने पानी कम भएको र १ जनाको गर्भपतन आधा भएको पाइएको छ  । बच्चा उल्टो भएका र पानी कम भएकी गर्भवति महिलालाई आवश्यक परामर्श दिइएको छ । त्यसैगरी आधा गर्भपतन भएकी महिलाको सुरक्षित गर्भपतन गरिएको छ । 

गर्भजाँचका साथै टोलमा पुगेर सुत्केरी र जेष्ठ नागरिकको स्वास्थ्य जाँच गरिएको स्वास्थ्यचौकी प्रमुख ओलीले बताउनुभयो । गाउँमै डाक्टर सहितको टोली पुगेर भिडियो एक्सरे मार्फत सेवा पाउँदा स्थानीयवासी खुशि भएका छन् । 

स्वास्थ्य शिविरमा रुकुम पूर्व अस्पतालका डाक्टर अनिश श्रेष्ठ, स्वास्थ्य कार्यालय रुकुम पूर्वका जनस्वास्थ्य निरिक्षक यादव शर्मा, स्वास्थ्यचौकी प्वाङका इन्चार्ज काशिराम खड्का, सिनियर अनमि कल्पना झाक्री, सिस्ने स्वास्थ्यचौकीका प्रमुख काशिराम ओली, वडा अध्यक्ष राजबहादुर बुढा, फेयरमेड फाउन्डेशनका लिलामणी गौतम लगायतको उपस्थिति रहेको थियो ।  

सिस्ने गाउँपालिकाले रुकुम पूर्व अस्पताल, स्वास्थ्य कार्यालय, फेयरमेड फाउन्डेशन र सर्वाङ्गीण विकास केन्द्र (एचडीसी) नेपालद्वारा सञ्चालित ग्रामीण स्वास्थ्य सुधार कार्यक्रम लगायतको सहकार्यमा शिविर सम्पन्न गरेको हो ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  २१:००
प्रतिक्रिया दिनुहोस्