Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मलेसियामा मृत्यु भएका भरतको परिवारको लागि संकलन भएको ६ लाख ६८ हजार रकम हस्तान्तरण

मंगलबार, साउन ३०, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिम घर भई रोजगारीको लागि मलेसिया गएको बेला ज्यान गुमाउनुभएका एक युवाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । 

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्वर ७ चौकीढुङ्गा का २६ वर्षिय  भरत कुमार ओलीको परिवारलाई ६ लाख ६८ हजार २५० रुपिँया हस्तान्तरण गरिएको हो । 

परिवारको आर्थिक अवस्था कमजोर रहेपछि केहि युवाहरुले सामाजिक सञ्जाल मार्फत आह्वान गरेर संकलन भएको रकम हस्तान्तरण गरिएको हो । अभियान्ता महेश ओलीका अनुसार भरतको शव व्यवस्थापन र परिवारलाई राहतको लागि रकम संकलन गरिएको थियो । 

सामाजिक सञ्जाल मार्फत गरिएको सहयोग आह्वानलाई स्विकार गर्दै विभिन्न व्यक्तित्वहरुले उपलब्ध गराउनु भएको रकम दुई चरणमा उपलब्ध गराईएको हो । अभियान्ता पहल बहादुर केसीका अनुसार पहिलो चरणमा साउन २० गते मृतक ओलीको परिवारलाई चार लाख ५९ हजार चार सय रुपिँया हस्तान्तरण गरिएको थियो । उक्त रकम साउन १८ गतेदेखि २० गते बिहानसम्म संकलन भएको थियो । 

त्यसपछि आज दोश्रो चरणको रकम घरमै गएर उपलब्ध गराईएको छ । आज दुई लाख आठ हजार ८५० रुपिँया हस्तान्तरण गरिएको हो । दुबै चरणको सहयोग रकम वडा अध्यक्ष धन बहादुर खड्को रोहबरमा हस्तान्तरण गरिएको हो । 

अभियान्ताहरु महेश ओली, पहल बहादुर केसी, राजु डाँगी, यामप्रसााद डाँगी, कलिभान ओली र पदमप्रकाश खत्रीले उक्त सहयोग संकलन गर्नुभएको हो ।   

साउन १७ गते भरतको मलेसियाको सेलाङगरस्थित बान्तिङ भन्ने स्थानमा रहेको कोठामा मृत्यु भएको थियो । रोजगारीको लागि मलेसिया जानुभएका भरतको एक महिना नपुग्दै मलेसियामा झुण्डिएर मृत्यु भएको बताईएको छ । उहाँ एनडी पेपर मलेसिया सेलाङगर एसडीएन बिएचडीमा कार्यरत हुनुहुन्थ्यो । उहाँ केहि दिनदेखि डिउटीमा नभएको बताईएको छ । 

सम्बन्धित समाचार .......

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  २१:२८
प्रतिक्रिया दिनुहोस्