Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा समाजवादीको बिस्तारित बैठक, जिम्मेवारी हेरफेर

मंगलबार, साउन ३०, २०८०
tribeni2

रुकुम पश्चिम । नेकपा (एकीकृत समाजवादी) चौरजहारी नगर कमिटीको बिस्तारिक बैठक सम्पन्न भएको छ । 

बैठकले नगर कमिटीको जिम्मेवारी हेरफेर गरेको नगर अध्यक्ष हुकुम बिसीले जानकारी दिनुभयो । उहाँका अनुसार जिम्मेवारी हेरफेर गरिएको चौरजहारी नगर कमिटीको अध्यक्षमा हुकुम बिसी, उपाध्यक्षमा ध्रुव केसी, सचिवमा शेर बहादुर बोहरा, सह सचिवमा युवराज गिरी र दिनेश उपाध्याय रहनुभएको छ । २१ सदस्यीय नगर कमिटी बनाईएको छ ।   

बैठकले चौरजहारी नगरपालीका क्षेत्रमा पशुहरुमा व्यापक रुपमा फैलिएको  लम्कि स्किन रोगको रोकथाम र उपचारमा व्यापक तदारुकता देखाउन चौरजहारी नगर सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ।

त्यसैगरी बैठकले आगामी भाद्र १५ गते सम्म पार्टीको सदस्यता विरतण तथा नविकरण अभियान चलाउने निर्णय समेत गरेको छ । 

बैठकमा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य बिमल कुमार पुनले राजनैतिक बिद्रोह गरेको उल्लेख गर्नुभएको छ । उहाँले  बिभाजित भएको कम्युनिस्ट आन्दोलन र पार्टीहरुलाई एकिकृत गर्दै समाजवादी केन्द्र बनेको जनाउनुभयो ।

सबै कम्युनिस्ट पार्टी एकीकरण भई बन्ने बलियो राष्ट्रिय शक्तिले बैज्ञानिक समाजवादका लागि सङ्घर्ष गर्नुपर्ने उहाँको भनाई रहेको छ । 

नगर कमिटी अध्यक्ष हुकुम बि.सी.को अध्यक्षतामा भएको बैठकको प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष बिमल कुमार पुन रहनुभएको थियो ।

बैठकमा अतिथिको रुपमा पार्टी जिल्ला उपाध्यक्ष माधव गौतम, सचिव सुरज परियार र पार्टीका प्रदेश सदस्यहरु रबिन्द्र कुमार बिष्ट, खोम भण्डारी लगायतको उपस्थिति रहेको थियो। 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  २२:०२
प्रतिक्रिया दिनुहोस्