Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठविसकोटमा सडेको अवस्थामा पुरुषको शव फेला

बिहीबार, साउन ३२, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका ६ झोडेनी भन्ने ठाउँमा एक पुरुषको शव फेला परेको छ । 

सोहि वडाको छिमी गाउँ बस्ने अन्दाजी ४७ वर्षिय आसे बोहराको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठका अनुसार बोहराको घर भन्दा करिब सात सय मिटर पर रहेको झोडेनी डाँडास्थित भिर नजिकै सडी गलेको जस्तो देखिने अवस्थामा रहेको शव फेला परेको हो । 

प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक कुश्माकर शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले शव फेला पारेको हो भने अहिले ईलाका प्रहरी कार्यालय आठविसकोटबाट प्रहरी निरीक्षक बिक्रम सुवेदीको नेतृत्वमा ६ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरिक्षक मदन जैसीको नेतृत्वमा दुई जनाको प्रहरी टोली घटनास्थल गएको बताईएको छ ।  

घटनाको कारण हालसम्म खुल्न नसकेको र अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई रहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्