Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हराएको १५ दिनपछि भलाक्चाका पितारामको लाश भेटियो

बिहीबार, साउन ३२, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ स्थित सिस्नेखोली जंगलमा एक पुरुषको शव भेटिएको छ । 

जिल्लाको मुसिकोट नगरपालिका ११ भलाक्चाका ५९ वर्षिय पिताराम नेपालीको शव सिस्नेखोलीस्थित जंगलमा भेटिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बिष्णु प्रसाद श्रेष्ठका अनुसार नेपाली गत साउन १७ गतेदेखि हराउनुभएको थियो । घरबाट निस्किएका नेपाली हालसम्म पनि सम्पर्कमा नआएको अवस्थामा खोज्ने क्रममा उहाँको शव भेटिएको हो । 

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार नेपालीको शव सडि गलेको अवस्थामा भेटिएको हो । अहिले घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई रहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्