Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठविसकोटमा गोलि लागेर मृत्यु भएका व्यक्तिको यस्तो छ 'प्रारम्भिक कारण'

शुक्रबार, भदौ १, २०८०
tribeni2

रुकुम पश्चिम । बिहिबार बिहान मृत अवस्थामा फेला परेका आठविसकोट नगरपालिका ६ छिमीगाउँका ४७ वर्षिय आसे बोहराको गोली लागेर मृत्यु भएको बताईएको छ । 

गत साउन २२ गतेदेखि घरबाट निस्किएका बोहराको शव सडेको अवस्थामा घर भन्दा करिब सात सय मिटर पर रहेको झोडेनी डाँडास्थित भिर नजिकै फेला परेको थियो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार बोहराको शव नजिकै एक थान भरुवा बन्दुक समेत फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उक्त बन्दुक बोहराकै घरमा अवैध रुपमा राखिने गरिएको परिवारका सदस्यहरुले जनाएका छन् । 

डिएसपी भट्टराईले आफ्नै घरमा रहेको बन्दुक लिएर निस्किएका बोहराले आफैले बन्दुक पड्काएर ज्यान फालेको बढी सम्भावना देखिएको बताउनुभयो । उहाँका अनुसार छातिमा छड्के पारेर लागेको घाउ रहेको देखिएकोले आफैले हानेको हुनसक्ने प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको छ । “पछाडिको भाग पट्टि घाउ देखिएन”, डिएसपी भट्टराईले भन्नुभयो, “अरु कसैले गोली हानेको भएको छातिमा हानेको गोलि पछाडि निस्किनु पर्ने हो, त्यसो देखिएन ।” तर घटनामा सुक्ष्म अनुसन्धान गरिरहेको उहाँको भनाई रहेको छ । 

परिवार र स्थानीयको बयान अनुसार बोहरा बिरुद्ध केहि दिन अगाडि गाउँमा कचहरी समेत बसेको थियो । परस्त्रीसँग लसपस गरेको आरोप लागेका बोहरालाई सार्वजनिक रुपमा छलफल गरिदा मनमा ग्लानी बोध भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । 

सडेर गलेको अवस्थामा रहेको उक्र शव प्रहरीले आवश्यक प्रक्रिया पुरा गरेर अन्त्येष्टिको लागि आफन्तको जिम्मा लगाईसकेको जनाएको छ । छातीमै गोली लागेको हुनाले आफैले छातीमा गोली हान्न सम्भव नभएकोले हत्या भएको हुनसक्ने पनि स्थानीयले आशंका गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्