Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

घर पोत्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

शुक्रबार, भदौ १, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्वर ८ की एक महिलाको घर पोत्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । 

शुक्रबार घर पोत्ने क्रममा करेन्ट लागेर घाईते हुनुभएकी स्यालापाखाकी २३ बर्षिया प्रतिक्षा बुढा पुनको उपचारको क्रममा मृत्यु भएको हो ।

उपचारको क्रममा जिल्ला अस्पताल सल्लेमा बुढाको निधन भएको प्रहरीले जानकारी दिएको छ । घरको भित्ता पोत्ने क्रममा बिद्युत लाईन सट भएर उहाँलाई करेन्ट लागेको थियो । 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्