राष्ट्रपति पाैडेलद्वारा सर्वदलीय बैठक आह्वान

आइतबार, भदौ ३, २०८०

काठमाण्डाै / राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउनुभएको छ ।

संसदमा नियमित अवरोध भइरहेका बेला राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाउनुभएको हो । उहाँले बोलाउनुभएको यो पहिलो सर्वदलीय बैठक हो ।

भोलि साेमवार बिहान साढे ८ बजे राष्ट्रपति भवन शीतल निवासमा सर्वदलीय बैठक बस्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १९:४७
प्रतिक्रिया दिनुहोस्