Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्कुल बसमै बालिकामाथि यौन दुर्व्यवहार, सहचालक पक्राउ

आइतबार, भदौ ३, २०८०
tribeni2

मकवानपुर / मकवानपुरको हेटौंडा उपमहानगरपालिका- ११ मा रहेको हेटौंडा एकेडेमीमा अध्ययनरत ८ वर्षीया बालिकामाथि यौन दुर्व्यहार भएको छ ।

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विद्यालयको बसका सहचालकलाई पक्राउ गरेको छ । घरबाट विद्यालय जान बस चढेकी बालिकालाई सहचालकले बसमै यौन दुर्व्यवहार गरेको पीडित परिवारको आरोप छ ।

बसका सहचालाकले गत साउन १५ बिहान बालिकामाथि यौन दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको हो । पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आज आरोपितलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

अनुसन्धानकै क्रममा रहेको कारण प्रहरीले आरोपितको पहिचान खुलाएको छैन ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  २०:००
प्रतिक्रिया दिनुहोस्