Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कपुरकोटमा भएको दुर्घटनामा घाईते दुई जनाको उपचारको क्रममा मृत्यु, तीन जनाको अवस्था गम्भिर

दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन
सोमबार, भदौ ४, २०८०
tribeni2

सल्यान । रूकुम पश्चिमबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको यात्रुबाहक हाइस गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याइएका रूकुम पश्चिमको सानोभेरी गाउँपालिका ११ का ६० वर्षीय कमारो कामी र सल्यानको दार्मा गाउँपालिका– २ का ३६ वर्षीय ओमपत खत्रीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो । ।  

उहाँका अनुसार तुलसीपुर अस्पतालमा १६ जना घाइतेको उपचार भइरहेकोमा दुई जनाको मृत्यु भएको हो । सोमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि नेपालगञ्ज पठाईएको छ ।  

लु २ ख ५७३१ नम्बरको यात्रुबाहक फोर्स गाडी कपुरकोट गाउँपालिका –३ आगरखोला नजिकै दिउँसो तीन बजेतिर दुर्घटनामा परेको थियो । 

गाडि दुर्घटनाको कारण पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय सल्यानले एक समिति गठन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काको नेतृत्वमा पाँच सदस्यीय छानबिन ससमति गठन गरिएको हो ।

दुर्घटनाको कारण पत्ता लगाउन र भविष्यमा दुर्घटना न्युनिकरणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्ने गरी समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जानकारी दिएको छ । 

369719291_2048346845505153_7158350905359867162_n1692628622.jpg

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २०:११
प्रतिक्रिया दिनुहोस्