Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा एक युवालाई कुटपिट गरेर मारेको अभियोगमा पाँच युवा पक्राउ

सोमबार, भदौ ४, २०८०
tribeni2

रुकुम पूर्व । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले एक युवाको कुटपिट पश्चात हत्या गरेको अभियोगमा पाँच जना युवालाई पक्राउ परेको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार पक्राउ पर्नेहरुका जिल्लाको भूमे गाउँपालिका वडा नम्वर ५ का ३१ वर्षिय चन्द्र बहादुर बुढा, सोहि गाउँका २८ वर्षिय भाग्य बुढा, २५ वर्षिय तारा बहादुर बुढा, २५ वर्षिय रस्त बहादुर बुढा र २५ वर्षिय हस्त बहादुर बुढा मगर रहेका छन् । 

प्रहरी निरीक्षक पाण्डेका अनुसार उनीहरुले गत भदौ १ गते भूमे गाउँपालिका ५ का २८ वर्षिय अन्जान बुढा मगरलाई कुटपिट गरेर गम्भिर घाईते बनाएका थिए । मछेनास्थित गोठबाट घरतिर फर्कने क्रममा पाँच जनाको आक्रमणमा परेर घाईते भएका अन्जानलाई उपचारको लागि रुकुम पूर्व अस्पतालमा ल्याईएको थियो । 

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि भदौ ३ गते कोहलपुर मेडिकल कलेज रिफर गरिएकोमा सोहि दिन नै घाईते आनन्दको मृत्यु भएको थियो । 

प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका पाँच जनालाई ज्यान सम्बन्धी कसुर मुद्धामा पक्राउ गरेको जनाएको हो । सोमबार रुकुमकोट जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर पक्राउ परेकाहरु उपर र घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई रहेको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २०:४४
प्रतिक्रिया दिनुहोस्