Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा वनको रकम हिनामिना गरेको र रसिद जलाएको आरोपमा समुहका अध्यक्ष पक्राउ

मंगलबार, भदौ ५, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको एक सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पक्राउ परेका छन् । 

जिल्लाको आठविसकोट नगरपालिका वडा नम्वर २ पहाडास्थित लालझाडि सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ३१ वर्षिय भद्रबहादुर थापालाई डिभिजन वन कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको हो । सामुदायिक वनको आर्थिक रकम हिनामिना गरेको तथा प्रमाण नष्ट गरेको आरोपमा थापालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय रुकुम पश्चिमका निमित्त डिभिजन प्रमुख शेरबहादुर परियारले बताउनुभयो । 

आठविसकोट नगरपालिकाको तल्लुबगरबाट नेपाल प्रहरीको सहयोगमा थापालाई पक्राउ गरेर सोमबार जिल्ला सदरमुकाम ल्याईएको हो । थापाले सामुदायिक वनको रकम हिनामिना गर्नुका साथै सामुदायिक वनको आयव्ययको रसिद जलाएको भिडियोको आधारमा पक्राउ गरिएको निमित्त डिभिजन प्रमुख परियारले जानकारी दिनुभयो । 

थापा बिरुद्ध अनुसन्धानको लागि मंगलबार रुकुम जिल्ला अदालतबाट १२ दिनको अनुमति समेत लिईएको छ । पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र अनुसन्धान अगाडि बढाईएको बताईएको छ । 

डिभिजन वन कार्यालयका निमित्त डिभिजन प्रमुख परियारले वन ऐन, २०७६ दफा ४९ अनुसार थापा विरुद्ध कारबाहिको प्रक्रिया अगाडि बढाईने बताउनुभयो । 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १९:३२
प्रतिक्रिया दिनुहोस्