Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शिक्षकको घाँटि रेटेर हत्या गरेको आरोपमा एक महिला पक्राउ

व्यक्तिगत रिसइबीका कारण हत्या गरेको स्वीकार
tribeni2

दैलेख । दैलेखमा एक शिक्षकलाई घाँटि रेटेर हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । शिक्षकको विभत्स हत्याबारे एक महिलाले आफूले गरेको स्वीकार गरेको दैलेख प्रहरीले जनाएको छ।

दैलेखको गुराँस गाउँपालिका ८ छोटेपोखरामा रहेको मालिका माध्यमिक विद्यालयमा पढाउने शिक्षक नगेन्द्रकुमार बिसीको हत्या गरेको उनले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

हत्या गरिएका शिक्षक छोटेपोखराकै स्थानीय थिए। सोही ठाउँकी २५ वर्षीया मुना रानाले आफूसँगको व्यक्तिगत रिसइबीका कारण आफूले ती शिक्षकको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

मंगलबार बिहान ७ बजे उनको शव मालिका माध्यमिक विद्यालयको प्रांगणमा फेला परेको थियो। सोमबार राति साढे १ बजे आफूले धारीलो हतियार प्रयोग गरेको शिक्षकको हत्या गरेको रानाले स्वीकारेको प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले बताउनुभयो।

बिसी मालिका माध्यमिक विद्यालयमा विगत १३ बर्षदेखि राहत शिक्षकका रुपमा कार्यरत हुनुहुन्थ्यो।


पीडित परिवारको दरखास्त लिई अदालतबाट म्याद थप गरी ती महिलामाथि थप अनुसन्धान भइरहेको श्रेष्ठले बताउनुभयो।

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  ०८:०९
प्रतिक्रिया दिनुहोस्