Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट नगरपालिकाका उप–प्रमुखद्वारा प्रशासकिय अधिकृतकै कार्यकक्षमा कुटिए कर्मचारी !

शिक्षा शाखा प्रमुख कुटिएपछि शिक्षक पदपूर्तिको परिक्षा स्थगित 
शनिबार, भदौ ९, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका उप–प्रमुखद्वारा सोहि नगरपालिकाका कर्मचारी कुटिएका छन् । 

शनिबार नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खड्काको कार्यकक्षमा कार्यालयकै काम गरिरहेको बेला शिक्षा शाखा प्रमुख नरेन्द्र ओलीमाथि उप–प्रमुख बिमलकुमार पुनले हातपात गरेको बताईएको छ । 

मुसिकोटको वडा नम्वर १ मा रहेको त्रिभुवन जनता माध्यामिक विद्यालयको उच्च माध्यामिक तहको लेखा विषयको शिक्षक पदपुर्तीको लागि आवश्यक काम भईरहेको बेला परिक्षा रोक्न भन्दै आउनुभएका नगर उप–प्रमुखले आफूमाथि हातपात तथा दुव्र्यवहार गरेको शिक्षा शाखा प्रमुख ओलीले जानकारी दिनुभयो । 

ओलीले भन्नुभयो, “विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसी, प्रधानाध्यपक गोपिराम केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनारम खड्का र म बसेर परिक्षाको तयारीमा जुटेका थियौ, उप–प्रमुख एक्कासी छिर्नुभयो, उहाँले मेरो र प्रधानाध्यापकको हातमा रहेको कागजात खोसेर मलाई हातपात गर्नुभयो । आफुलाई नगर उप–प्रमुखले दुई झापड हानेको ओलीको आरोप छ । 

आफुलाई कार्यसम्पादनकै क्रममा उप–प्रमुखले हातपात गरेकाले आफुले कानुनी उपचार खोज्ने उहाँले बताउनुभयो । 

यस बिषयमा मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खड्काले आफ्नै कार्यकक्षमा कर्मचारीमाथि उपप्रमुखबाट हातपात भएको बताउनुभयो । परीक्षा निश्पक्ष र मर्यादित बनाउने गरेर तयारी भईरहेको बेला उपप्रमुखबाट दुव्र्यवहार भएको उहाँको भनाई छ । 

आजै शिक्षक पदपूर्तिको लागि परिक्षा हुने भनिएको थियो । त्रिभुवन जनता उच्च माविका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले शिक्षक पदपूर्तिको लागि तोकिएको परीक्षा स्थगित गरिएको जानकारी दिनुभयो । उहाँले घटना दुखपूर्ण रहेको उल्लेख गर्नुभयो । 

बिद्यालयको लागि उच्च माध्यमिक तहको कार्यालय संचालन तथा लेखा विषयमा शिक्षक पदपूर्तिको लागि लिखित तथा मौखिक परिक्षाको संचालनको  पूर्वतयारीको क्रममा मुसिकोट नगरपालिकाको कार्यपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खड्काको कार्यकक्षमा पालिका उपप्रमुख बिमल पुनबाट पालिकाका शिक्षा शाखा प्रमुख नरेन्द्र ओलि माथी हातपात तथा धरपकड भए पछि उक्त परिक्षा अर्को सूचना जारी नभए सम्मका स्थगित गरिएको अध्यक्ष केसीले उल्लेख गर्नुभयो । 

यस बिषयमा प्रतिक्रिया लिन उपप्रमुख पुनलाई सम्पर्क गर्दा उहाँको मोबाईल उठेन । 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्