Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रक्तश्राव नरोकिएपछि हेलिकोप्टरबाट सुत्केरीको उद्धार

शनिबार, भदौ ९, २०८०
tribeni2

रुकुम पश्चिम । सुत्केरी भएपछि अत्याधिक रक्तश्राव भएकी एक महिलालाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । 

जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा सुत्केरी भएकी  बाँफिकोट गाउँपालिका ९ झुला की १९ वर्षीया गिता परियारलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले सुत्केरीको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि शनिबार बिहान नेपाली सेनाको एनए–०६१ नम्बरको हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाईएको जानकारी दिनुभयो । 

शुक्रबार जिल्ला अस्पताल सल्लेमा सुत्केरी भएकी उहाँको रक्तस्राव अत्याधिक भएको अस्पतालले जनाएको छ ।

रक्तस्राव नरोकिएपछि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको पहलमा ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत उपचारको लागि सुत्केरी र शिशुलाई सुर्खेत पठाइएको हो। 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्