Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्मचारी कुटेको हैन, अपारदर्शि भर्ना प्रक्रिया रोक्न पहल गरेको हुँ : उपप्रमुख पुन

कर्मचारीहरुद्वारा न्यायीक समितिका संयोजकबाटै न्याय मार्ने काम भएको आरोप
शनिबार, भदौ ९, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका उप प्रमुख बिमल कुमार पुनले आफूले कर्मचारीलाई हातपात नगरेको प्रतिक्रिया दिनुभएको छ । 

शनिबार उहाँले नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खड्काको कार्यकक्षमा रहेका शिक्षा शाखा प्रमुख नरेन्द्र ओलीलाई हातपात गरेको खबर बाहिरिएपछि आजै पत्रकार सम्मेलन गरेर यस्तो बताउनुभएको हो । 

आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन आयोजना गर्नुभएका उप प्रमुख पुनले आफूले अनियमित तरिकाले बिद्यालयको कर्मचारी भर्ना गर्न खोज्ने प्रक्रिया रोक्न माग गरेको बताउनुभयो । सेटिङ मिलाएर कर्मचारी भर्ना गर्न खोज्ने प्रवृतिको अन्त्यका लागि आफू लागि परेको उल्लेख गर्नुहुँदै उहाँले कोहि कर्मचारी माथि हातपात नगरेको दाबी गर्नुभयो । 

पत्रकार सम्मेलनमा उप प्रमुख पुनले नगरपालिकामा शिक्षक भर्ना गर्दा आर्थिक मोलमोलाई हुने गरेको गुनासो आएकोले त्यसलाई पारदर्शि बनाउन आफूले माग गरेको जनाउनुभयो । घटनालाई अतिरञ्जित बनाउन नहुने उहाँको भनाई रहेको छ । 

तर, घटनाका प्रत्यक्षदर्शी समेत रहनुभएका मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खड्काले आफू मातहतको कर्मचारीमाथि सरकार प्रतिनिधि र नियामक पक्षबाट हातपात हुनु शतप्रतिशत गलत भएको कुरा सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गर्नुभएको छ । 

उहाँले यस घटनालाई स्थानीय तहको सरकार बनेको २०७४ यता नेतृत्व तहबाट घटेको अप्रिय घटनाको संज्ञा दिनुभएको छ । 

कर्मचारीहरुद्वारा न्यायीक समितिका संयोजकबाटै न्याय मार्ने काम भएको आरोप

यस घटनाको बिरोध गर्दै नेपाल निजामती कर्मचारी युनियन रुकुम पश्चिम र नेपाल ट्रेड युनियन काँग्रेस रुकुम पश्चिमले छुट्टाछुट्टै बिज्ञप्ति निकालेर बिरोध जनाएका छन् ।

उनीहरुले उप प्रमुख तथा न्यायिक समितिका संयोजकबाट नै न्याय मार्ने काम भएको भन्दै शान्तिपूर्ण वातावरणमा कार्यालयमा कर्मचारीले काम गर्न पाउँने वातावरणको माग गरेका छन् ।

नेपाल निजामती कर्मचारी युनियन रुकुम पश्चिमका सचिव कमल केसी र अध्यक्ष देव बहादुर ओली, नेपाल ट्रेड युनियन काँग्रेस रुकुम पश्चिमका अध्यक्ष देव बहादुर खड्काले विज्ञप्ति मार्फत राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउने गतिबिधि नियन्त्रण गर्न प्रशासन समक्ष माग गर्नुभएको छ । 

सम्बन्धित समाचार .......

मुसिकोट नगरपालिकाका उप–प्रमुखद्वारा प्रशासकिय अधिकृतकै कार्यकक्षमा कुटिए कर्मचारी !

371505824_1440030573454542_5226419706822541279_n1693056322.jpg

371545765_264239786425753_391550293998516043_n1693056322.jpg

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्